नेभिगेशन
समाज

संविधान र शान्ति सम्झौतामाथि षड्यन्त्र गर्नेविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा प्रचण्डले हजारौँ घाइते–अपाङ्ग र लाखौँ जनताको तपस्याबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने कोसिस भइरहेको तथा देशलाई अर्को दुर्घटनातिर लैजाने षड्यन्त्रको गन्ध आइरहेको बताए । यसका बिरुद्ध  नयाँ सङ्कल्प र प्रतिबद्धतासहित फेरि आन्दोलित हुनुपर्ने अवस्था आएको उनले बताए । 

Marvel
Extreme Energy

उनले शान्ति सम्झौता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्नेहरूविरुद्ध जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको र ‘राष्ट्रिय जागरण अभियान’ त्यसैको तयारी भएको उल्लेख गरे । 

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राज्य संरचनालाई भ्रष्टाचारमुक्त बनाउने नयाँ अभियान सुरु गरेपनि अहिले खुलेआम भ्रष्टाचार गर्नेहरूलाई राज्यले पक्षपोषण र संरक्षण गर्ने काम गरेको आरोप लगाए । भ्रष्टाचारविरुद्ध लड्नेहरूलाई अनेक बहाना बनाएर थुनछेक गर्ने विचित्रको प्रचलन देखा परिरहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

उनले संवैधानिक व्यवस्था अनुसार नै स्थानीय र प्रदेश तहको निर्वाचन गर्नुपर्नै भन्दै संविधान र कानुनमा छेडखानी गरिए नेपालमा फेरि दुर्घटना हुने धारणा राखे । 

उनले स्थानीय निर्वाचनमा मूलभूत रूपमा विचार तथा मुद्दा मिल्ने शक्तिहरू—विशेषतः वामपन्थीहरूसँग सहकार्य गर्ने विषयमा छलफल भइएरहेको जानकारी दिए । आगामी निर्वाचनमा माथिबाट टिका लगाएर टिकट दिनेभन्दा तल स्थानीय पालिकालाई नै निर्णय गर्न दिनुपर्ने उनकोे भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै होः माधव कुमार नेपाल

नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै होः माधव कुमार नेपाल

कम्युनिस्ट पार्टीलाई अघि बढाउने जिम्मेवारी नेकपाको काँधमा रहेको तथा राष्ट्रियता, जनअधिकारको रक्षा, जनसमस्या उजागर र समाज रूपान्तरणमा कम्युनिस्टहरूले भूमिका खेल्नुपर्ने उनले बताए । उनले स्थानीय तहको चुनावको तयारी...
प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज  विज्ञप्ति जारी गर्दै दुई राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपालको सर्वोत्तम राष्ट्रिय हितमा भ्रमण उपयोगी हुनुपर्ने बताएका हुन्...
विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

आयोगका कानुन हेर्ने सहसचिव मानबहादुर बस्नेतका अनुसार गृह मन्त्रालयमा कानुन संशोधनका लागि पठाइएको प्रस्तावमा बाह्य (विदेशमा रहेका मतदाताको मतदान र अन्तरजिल्ला) मतदानको व्यवस्था गरिएको छ ।  बाह्य मतदानका...
मध्य पेरुमा शक्तिशाली भूकम्प

मध्य पेरुमा शक्तिशाली भूकम्प

मध्य पेरुमा शुक्रबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको पुष्टि भएको छैन । यद्यपि, केही पहाडी क्षेत्रमा...