नेभिगेशन
समाज

स्थानीय तह चुनावको तयारीमा जुटे प्रचण्ड र माधव, अब भाषण होइन नयाँ प्रयोग !

ख्वप (भक्तपुर) । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो युगअनुरुप आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिइनुपर्ने आवश्यकतामा जोड दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 मध्यपुर थिमीस्थित मध्यपुरथिमीमा नेपाली कम्युनिष्ट पार्टी भक्तपुरद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रममा उहाँले युगको माग र सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसकिए पछि पर्न सकिनेतर्फ समयमै होसियारी अपनाउन सुझाव दिओए ।

Marvel
Extreme Energy

संयोजक प्रचण्डले भने, “अहिले आइटीको जमाना छ, यसलाई प्रयोग गर्नुपर्छ । प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन । पहिलाजस्तो भाषण र सभामा मात्रै सीमित हुनुहुँदैन ।”

पूर्वप्रधानमन्त्री दाहालले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको चुनाव भइसक्नुपर्ने भएकाले राजनीतिक दलसँगको छलफल र परामर्शका आधारमा उपयुक्त समयमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गरे । 

पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी नेता र कार्यकर्तालाई स्थानीय तहको आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गरे ।

पार्टीका कार्यक्रमलाई विगतझैँ भद्दा र लामो नबनाइ चुस्त र विषयवस्तु केन्द्रित तुल्याउन सुझाव दिँदै उनले पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक स्पष्टताका लागि देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गर्न लागिएको स्पष्ट गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इजरायलमा कसको नेतृत्वमा बन्दैछ नयाँ सरकार ?

इजरायलमा कसको नेतृत्वमा बन्दैछ नयाँ सरकार ?

इजरायलका विपक्षी नेता अभिग्डोर लिबरम्यानले पूर्व सेना प्रमुख गदी आइसेनकोटको नेतृत्वमा बन्ने आगामी सरकारमा दुवै अति–रूढिवादी यहुदी दल (हरेदी) सहभागी हुनेमा आफू शतप्रतिशत विश्वस्त रहेको बताएका छन् ।
सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
फिफा अध्यक्ष भेटेर फर्किएका खेलकुद मन्त्री पोखरेलले भने, ‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

फिफा अध्यक्ष भेटेर फर्किएका खेलकुद मन्त्री पोखरेलले भने, ‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् ।
एनपिएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ँदै, कसले जित्ला ?

एनपिएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ँदै, कसले जित्ला ?

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्दै छन् ।