नेभिगेशन
समाज

दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुने गृहमन्त्री गुरुङको चेतावनी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने राष्ट्रसेवक कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही हुने चेतावनी दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार फेसबुकमार्फत गृहमन्त्री गुरुङले पदीय जिम्मेवारी बिर्सेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम नपाल्न कर्मचारीहरूलाई सचेत गराएका हुन्। सरकार गठन भएदेखि नै आफूहरूले कर्मचारीको काम देश र जनताको सेवा गर्ने हो भनी स्पष्ट पार्दै आएको उनले उल्लेख गरेका छन्।

Marvel
Extreme Energy

"यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ," गृहमन्त्री गुरुङले भनेका छन्, "आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन।"

नेता र कर्मचारी दुवैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्नेमा उनले जोड दिएका छन्। सरकारलाई कसैको चाकडी गर्ने कर्मचारी नभई जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको गृहमन्त्री गुरुङको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन शाहको पहिलो भारत भ्रमण, के यो मित्रताको नयाँ सुरुवात हो?

बालेन शाहको पहिलो भारत भ्रमण, के यो मित्रताको नयाँ सुरुवात हो?

नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ सुरुवात हुने आशा जगाएको छ। यसलाई नेपालको नयाँ राजनीतिक पुस्ताका नेताहरू र भारतबीचको पहिलो उच्चस्तरीय संवाद मानिएको छ।
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको 'सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समिति' ले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास

जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेकी छिन् ।
विस्तृत शान्ति सम्झौताको मर्मअनुसार संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

विस्तृत शान्ति सम्झौताको मर्मअनुसार संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले विस्तृत शान्ति सम्झौताको मूल मर्म र पीडितको भावनाअनुसार संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

भर्खरै