नेभिगेशन
समाज

विस्तृत शान्ति सम्झौताको मर्मअनुसार संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले विस्तृत शान्ति सम्झौताको मूल मर्म र पीडितको भावनाअनुसार संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिनको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सबै राजनीतिक दल, सरकार, सम्बन्धित निकाय र सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका हुन्।

Marvel
Extreme Energy

२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी) का अध्यक्षका रूपमा आफूले हस्ताक्षर गरेको उक्त सम्झौता केवल दुई पक्षबीचको सहमति मात्र नभई नेपाली जनताको त्याग, बलिदान र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज भएको प्रचण्डले उल्लेख गरेका छन्। यही सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधान निर्माणजस्ता युगान्तकारी उपलब्धि हासिल भएको उनको भनाइ छ।

यद्यपि, शान्ति सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्। सन्देशमा उनले भनेका छन्, "विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी कामहरू पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ।"

प्रचण्डले शान्ति सम्झौताको उद्देश्य द्वन्द्वको अन्त्य मात्र नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु रहेको स्पष्ट पारेका छन्। शान्ति सम्झौता साझा राष्ट्रिय प्रतिबद्धता भएकाले यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उनले बताएका छन्।

यस अवसरमा उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै शान्ति प्रक्रियामा योगदान पुर्‍याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति आभार प्रकट गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको 'सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समिति' ले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास

जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेकी छिन् ।
राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री वाग्लेको निर्देशन

राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री वाग्लेको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
वैदेशिक रोजगारीका ठग र दलाल निमिट्यान्न पार्न कस्सिए गृह र श्रममन्त्री, विशेष टोली परिचालन, कन्सल्टेन्सीसमेत नोटिसमा

वैदेशिक रोजगारीका ठग र दलाल निमिट्यान्न पार्न कस्सिए गृह र श्रममन्त्री, विशेष टोली परिचालन, कन्सल्टेन्सीसमेत नोटिसमा

वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने क्रममा नेपाली नागरिकमाथि भइरहेको ठगी र श्रम शोषण निर्मूल पार्न तथा त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा समूहमाथि सघन अनुगमन र कारबाही...

भर्खरै