नेभिगेशन
समाज

गाँजासहित दुई भारतीय नागरिक पक्राउ

चितवन । प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा भारतको बैशाली जिल्ला, ग्राम चरबाजे निवासी २४ वर्षीय सत्यम कुमार र बाबन घाट निवासी २० वर्षीय रोहन कुमार छन् ।

Marvel
Extreme Energy

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रभुसन यादवका अनुसार शुक्रबार  उनीहरुलाई राप्ती नगरपालिका– १ लोथरबाट पक्राउ गरिएको हो । 

हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा कन्टेनरको अगाडिको भागमा चालक सिटको पछाडि क्याबिनमा फल्स बटम (गोप्य ठाउँ) बनाइ लुकाइछिपाई राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको उनले जानकारी दिए ।

प्रहरीले कन्टेनर र कन्टेनर चालक सत्यम र सह चालक रोहनलाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पन्नू हत्या षड्यन्त्र प्रकरण: भारतीय नागरिक निखिल गुप्तालाई अमेरिकामा १९ वर्षको जेल सजाय

पन्नू हत्या षड्यन्त्र प्रकरण: भारतीय नागरिक निखिल गुप्तालाई अमेरिकामा १९ वर्षको जेल सजाय

अमेरिकी भूमिमा सिख अलगाववादी नेता गुरपतवन्त सिंह पन्नूको हत्या षड्यन्त्र रचेको अभियोगमा अमेरिकाको एक संघीय अदालतले भारतीय नागरिक निखिल गुप्तालाई २३५ महिना (१९ वर्षभन्दा बढी) को जेल सजाय...
एसिया कप राइजिङ स्टार्स : भारतसँग २६ रनमै अलआउट भयो नेपाल

एसिया कप राइजिङ स्टार्स : भारतसँग २६ रनमै अलआउट भयो नेपाल

एसिया कप राइजिङ स्टार्स २०२६ मा टिम इन्डिया-'ए' ले नेपाल-'ए' लाई ३०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मणिपुरमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ११ जनाको मृत्यु, १५० भन्दा बढी अस्पताल भर्ना

मणिपुरमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ११ जनाको मृत्यु, १५० भन्दा बढी अस्पताल भर्ना

मणिपुरको चन्देल जिल्लामा बितेको तीन दिनमा कथित रूपमा विषाक्त मदिरा (रक्सी) सेवन गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ।