नेभिगेशन
समाज

मणिपुरमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ११ जनाको मृत्यु, १५० भन्दा बढी अस्पताल भर्ना

गुवाहाटी । मणिपुरको चन्देल जिल्लामा बितेको तीन दिनमा कथित रूपमा विषाक्त मदिरा (रक्सी) सेवन गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी, १५० भन्दा बढी मानिसहरूको इम्फालका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

Marvel
Extreme Energy

जिल्ला प्रशासनका अनुसार चकपिकारोङ उप-मण्डल र आसपासका क्षेत्रहरूमा विषाक्त मदिरासँग जोडिएका थुप्रै शंकास्पद घटनाहरू बाहिर आएका छन्।

यसपछि बिरामी परेका धेरै मानिसहरूलाई उपचारका लागि विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ।

यस घटनाको सम्बन्धमा जिल्लाका एक अधिकारीले बीबीसी न्यूज हिन्दीलाई बताएअनुसार १८ नोभेम्बरमा उक्त क्षेत्रमा कथित रूपमा विषाक्त मदिरासँग सम्बन्धित मृत्युका धेरै घटनाहरू सार्वजनिक भएका थिए। त्यसपछि यो क्रम जारी रह्यो।

चन्देलका प्रहरी उपरीक्षक (एसपी) द्वारा जारी एक आधिकारिक विज्ञप्तिमा सुरुमा आठ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो, तर पछि मृतकको संख्या बढेको हो।

यसैबीच, चन्देलका जिल्ला उपायुक्तद्वारा जारी एक एडभाइजरी (सूचना) मा भनिएको छ, "चकपिकारोङ उप-मण्डल र आसपासका क्षेत्रहरूमा मिसावटयुक्त मदिराको सेवनसँग जोडिएका मृत्युका हालैका रिपोर्टहरूलाई ध्यानमा राख्दै सर्वसाधारणलाई अत्यधिक सावधानी अपनाउन सल्लाह दिइन्छ।"

जिल्ला प्रशासनले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। यसमा मृत्युको सही कारण पत्ता लगाउनुका साथै क्षेत्रमा मदिरा भित्र्याउनेहरू विरुद्ध कारबाही सुरु गरिएको छ।

यसैबीच, मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले बिहीबार इम्फाल पश्चिमको शिजा अस्पताल तथा अनुसन्धान संस्थान र इम्फाल पूर्वको बाबिना अस्पतालको भ्रमण गरी उपचाररत बिरामीहरूको अवस्थाबारे जानकारी लिएका छन्।

मुख्यमन्त्रीले बिरामीहरूलाई सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।

खेमचन्द सिंहले अधिकारीहरूलाई दोषीहरूको पहिचान गर्न अनुसन्धान गर्न निर्देशन दिएका छन् र दोषीहरूलाई छिट्टै पक्राउ गरिने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खैरहनीमा यस वर्ष पनि मेसिनबाट आलु रोपियो, १०० बिघामा खेती

खैरहनीमा यस वर्ष पनि मेसिनबाट आलु रोपियो, १०० बिघामा खेती

चितवनको खैरहनीमा गत वर्षदेखि सुरु गरिएको मेसिनबाट आलु रोप्ने प्रविधिलाई यस वर्ष पनि निरन्तरता दिइएको छ।
नेपाल प्रहरीमा ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

नेपाल प्रहरीमा ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, डलर ९९ पैसा सस्तियो

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, डलर ९९ पैसा सस्तियो

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश मुद्राको भाउ घटेको छ।