नेभिगेशन
उद्यम

इलाममा आजदेखि प्रथम सूर्योदय चिया महोत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

इलाम । इलामको सूर्योदय नगरपालिका–७ कन्याममा आजदेखि दुई दिने प्रथम सूर्योदय चिया महोत्सव–२०८३ सुरु हुँदैछ। चिया पर्यटन प्रवर्द्धन र निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आयोजना हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा (लिम्बू)ले गर्ने कार्यक्रम छ।

Marvel
Extreme Energy

महोत्सव आयोजकले आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। सूर्योदय चिया महोत्सव व्यवस्थापन समितिका संयोजक तथा वडा नं. १० का अध्यक्ष पेमा उगेन लामाका अनुसार चिया पर्यटन प्रवर्द्धनसँगै नगरपालिकामा निर्माण भइरहेको चिया पदमार्गलाई चिनाउने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा टि ट्रेल रेस, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारको प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। सूर्योदय नगरपालिकामा उत्पादित विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, टेस्टिङ तथा बजारीकरणको व्यवस्था पनि गरिएको छ।

महोत्सवमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ। पुरुषतर्फ कन्याममा १२.५ किलोमिटर र महिलातर्फ ९ किलोमिटर दूरीको दौड हुनेछ।

पुरुषतर्फ दौडमा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। महिलातर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत कन्यामको वडा नं. ७ देखि श्रीअन्तुको वडा नं. ५ सम्म २५.५ किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ। यही पदमार्गको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको हो।

महोत्सव सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

कन्याम इलामको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक हो। हरियाली चियाबारी, प्राकृतिक सौन्दर्य र घोडचढीका लागि प्रसिद्ध कन्याममा वनभोज, फोटो तथा भिडियो खिच्न र दृश्यावलोकन गर्न दैनिक ठूलो संख्यामा पर्यटक पुग्ने गर्छन्। मेची राजमार्गसँग जोडिएको कन्याम झापाको चारआलीबाट करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप उद्यम
खैरहनीमा यस वर्ष पनि मेसिनबाट आलु रोपियो, १०० बिघामा खेती

खैरहनीमा यस वर्ष पनि मेसिनबाट आलु रोपियो, १०० बिघामा खेती

चितवनको खैरहनीमा गत वर्षदेखि सुरु गरिएको मेसिनबाट आलु रोप्ने प्रविधिलाई यस वर्ष पनि निरन्तरता दिइएको छ।
नेपाल प्रहरीमा ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

नेपाल प्रहरीमा ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, डलर ९९ पैसा सस्तियो

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, डलर ९९ पैसा सस्तियो

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश मुद्राको भाउ घटेको छ।
भारतको अधुरो वाचाः बालेनको भ्रमण बन्ला नेपाल–भारत सम्बन्धको नयाँ कडी?

भारतको अधुरो वाचाः बालेनको भ्रमण बन्ला नेपाल–भारत सम्बन्धको नयाँ कडी?

प्रधानमन्त्री बन्न र प्रधानमन्त्री बनेलगत्तै छिमेकी देश भ्रमण गर्न चाँजोपाँजो मिलाइहाल्ने परम्परालाई बालेन शाहले यसपटक तोडे। उनी प्रधानमन्त्री निर्वाचित भएको ९ महिनापछि भारत भ्रमणमा जाँदैछन्। लामो छलफल, परामर्श...