नेभिगेशन
बैंक वित्त

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, डलर ९९ पैसा सस्तियो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश मुद्राको भाउ घटेको छ। अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरलगायत मुद्राको खरिद तथा बिक्रीदर घटेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा तोकेको छ। हिजो अमेरिकी डलरको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा थियो। एक दिनमा डलरको भाउ दुवै दरमा ९९ पैसा घटेको छ।

Marvel
Extreme Energy

युरोपियन युरो एकको खरिददर आज १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७ पैसा कायम भएको छ। हिजो युरोको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा थियो। युरोको भाउ खरिदमा एक रुपैयाँ ३७ पैसा र बिक्रीमा पनि एक रुपैयाँ ३७ पैसा घटेको छ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा कायम भएको छ। हिजोको तुलनामा पाउन्डको खरिददर एक रुपैयाँ ९३ पैसा र बिक्रीदर एक रुपैयाँ ९३ पैसा घटेको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा कायम भएको छ। हिजो अस्ट्रेलियन डलरको खरिददर ९९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०० रुपैयाँ ३२ पैसा थियो।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकिएको छ। यी दुवै मुद्राको भाउ पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा कायम भएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६० पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा कायम भएको छ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा तोकिएको छ।

दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ६ पैसा र बिक्रीदर ११ रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४ रुपैयाँ ५७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा कायम भएको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ४८० रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ८८ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९२ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् रहेको छ।

राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने बैंकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बैंक वित्त
खैरहनीमा यस वर्ष पनि मेसिनबाट आलु रोपियो, १०० बिघामा खेती

खैरहनीमा यस वर्ष पनि मेसिनबाट आलु रोपियो, १०० बिघामा खेती

चितवनको खैरहनीमा गत वर्षदेखि सुरु गरिएको मेसिनबाट आलु रोप्ने प्रविधिलाई यस वर्ष पनि निरन्तरता दिइएको छ।
नेपाल प्रहरीमा ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

नेपाल प्रहरीमा ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
भारतको अधुरो वाचाः बालेनको भ्रमण बन्ला नेपाल–भारत सम्बन्धको नयाँ कडी?

भारतको अधुरो वाचाः बालेनको भ्रमण बन्ला नेपाल–भारत सम्बन्धको नयाँ कडी?

प्रधानमन्त्री बन्न र प्रधानमन्त्री बनेलगत्तै छिमेकी देश भ्रमण गर्न चाँजोपाँजो मिलाइहाल्ने परम्परालाई बालेन शाहले यसपटक तोडे। उनी प्रधानमन्त्री निर्वाचित भएको ९ महिनापछि भारत भ्रमणमा जाँदैछन्। लामो छलफल, परामर्श...