नेभिगेशन
समाज

मध्य पेरुमा शक्तिशाली भूकम्प

लिमा । मध्य पेरुमा शुक्रबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको पुष्टि भएको छैन । यद्यपि, केही पहाडी क्षेत्रमा पहिरो र चट्टान खसेको खबर प्राप्त भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पेरुको भूभौतिक संस्थानका अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान ७ः०९ बजे जुनिन सहरबाट ३० किलोमिटर उत्तरपश्चिममा केन्द्रविन्दु रहेको भूकम्प गएको हो । १२९ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको कम्पन राजधानी लिमासहित हुआनुको र कालाओ क्षेत्रमा समेत महसुस गरिएको थियो ।

Marvel
Extreme Energy

पेरुको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्र (सिओएएन) ले भूकम्पको धक्का मध्यमदेखि तीव्र रूपमा महसुस गरिएको जनाउँदै जोखिमयुक्त क्षेत्रको निगरानी जारी राखिएको बताएको छ ।

स्थानीय टेलिभिजन तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा भूकम्पपछि लिमा र अन्य प्रभावित क्षेत्रका बासिन्दा घर तथा भवनबाट बाहिर निस्केर सडकमा भेला भएको देखिएको छ ।

पेरुको भूभौतिक संस्थानका अध्यक्ष हर्नान्डो तावेराले एएफपीसँग कुरा गर्दै जमिनको कम्पन निकै तीव्र भए पनि तत्काल मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको बताए । उनका अनुसार पहाडी क्षेत्रमा भने पहिरो गएको र चट्टान खसेको छ ।

पेरु जापानदेखि दक्षिणपूर्वी एसिया हुँदै प्रशान्त महासागरीय क्षेत्रमा फैलिएको उच्च भूकम्पीय गतिविधियुक्त क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ मा पर्दछ । भूकम्पविद्हरूका अनुसार पेरुमा प्रत्येक वर्ष कम्तीमा ४०० वटा भूकम्प जाने गरेका छन् । तीमध्ये करिब तीन चौथाइ भूकम्प यति कमजोर हुन्छन् कि मानिसले त्यसको कम्पनसमेत महसुस गर्न सक्दैनन् ।

यसअघि गत जुलाईमा जुनिन क्षेत्रमा ५.१ म्याग्निच्युडको भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त भूकम्पबाट ५२ घरसमेत पूर्ण रूपमा ध्वस्त भएका थिए । एएफपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इजरायलमा कसको नेतृत्वमा बन्दैछ नयाँ सरकार ?

इजरायलमा कसको नेतृत्वमा बन्दैछ नयाँ सरकार ?

इजरायलका विपक्षी नेता अभिग्डोर लिबरम्यानले पूर्व सेना प्रमुख गदी आइसेनकोटको नेतृत्वमा बन्ने आगामी सरकारमा दुवै अति–रूढिवादी यहुदी दल (हरेदी) सहभागी हुनेमा आफू शतप्रतिशत विश्वस्त रहेको बताएका छन् ।
स्थानीय तह चुनावको तयारीमा जुटे प्रचण्ड र माधव, अब भाषण होइन नयाँ प्रयोग !

स्थानीय तह चुनावको तयारीमा जुटे प्रचण्ड र माधव, अब भाषण होइन नयाँ प्रयोग !

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो युगअनुरुप आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिइनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
फिफा अध्यक्ष भेटेर फर्किएका खेलकुद मन्त्री पोखरेलले भने, ‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

फिफा अध्यक्ष भेटेर फर्किएका खेलकुद मन्त्री पोखरेलले भने, ‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् ।