नेभिगेशन
समाज

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि भइरहेको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

Marvel
Extreme Energy

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।

निरोशन डिक्वेलाले १७ बलमा २८ रन जोड्दा अली शेखले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २४ रन बनाए । उनले आफ्नो इनिङ्समा २ चौका र २ छक्का प्रहार गरे । डार्सी शर्टले १९ बलमा १८ रन बनाए ।

सुदूरपश्चिमका लागि स्कट कुग्लेइनले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । हेमन्त धामीले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए । थरिन्दु रथनायके र दीपेन्द्रसिंह ऐरीले पनि १–१ विकेट लिए ।

लुम्बिनीले सुरुवात भने राम्रो गर्न सकेन । ५ रन हुँदा आसिफ शेखलाई गुमाएको लुम्बिनीले ३५ रनमा डार्सी शर्टको विकेट गुमाएको थियो । त्यसपछि निरोशन डिक्वेला र कप्तान रोहित पौडेलले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए ।

डिक्वेला २८ रनमा आउट भएपछि रोहित र दिलिप नाथले साझेदारी अघि बढाए । तर, १०८ रनको अवस्थामा रोहित पौडेल रनआउट भए । त्यसपछि सन्दीप जोरा ४ रनमा आउट भए ।

अन्तिम ओभरहरूमा अली शेखले आक्रामक ब्याटिङ गरेपछि लुम्बिनीले सम्मानजनक स्कोर बनाउन सफल भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुवातासको खालबाट ४९ जना पक्राउ

जुवातासको खालबाट ४९ जना पक्राउ

यसैगरी काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित सिर्जना गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गोरखा चुमनुब्री गाउँपालिका-३ घर भएका ३० वर्षीय कृष्ण गुरूङसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त...
एनपिएलको फाइनल खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो

एनपिएलको फाइनल खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो

सुदूरपश्चिम पहिलोपटक उपाधि जित्ने योजनामा छ । उसले पहिलो संस्करणमा जनकपुर बोल्ट्स र गत संस्करणको फाइनलमा लुम्बिनीसँग पराजय व्यहोरेको थियो ।
दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान १०ः३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको...
आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

लगातार सुक्खा पहिरो खसेकाले काम नसकिँदासम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अवागमन बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मलेखु–मुग्लिन सडकखण्डका रेसिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेले...