नेभिगेशन
समाज

रास्वपाका युधिष्ठिर बने देशको सभामुख

काठमाडौँ । रास्वपा भन्ने पार्टी सकियो, रबि लामिछाने सक्किए । रविसँगै पार्टीमा कुद्नेहरु पनि अब सक्किन्छन् । अब यो पार्टी कसले सम्हाल्छ ? २०८१ कत्र्तिक २ गते रातिबाट यस्तै यस्तै अड्कल र प्रश्नहरु टोल छिमेक, गल्लि र सञ्जालहरुमा सु्निन थालिए । किनकी यसको केही घण्टा अघि मात्रै रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयबाटै पक्राउ गरेर पोखरा पुर्याइँदै थिए ।   

रास्वपाका रानीमाहुरी रवि लामिछाने नै पक्राउ परेपछि शुभचिन्तकहरुमा सन्नाटा छाएको थियो । विपक्षीको धारे हातको त के कुुरा । तत्कालिन एमाले काँग्रेस सरकारले लामिछानेलाई सहकारी ठगी गरेको आरोपमा पक्राउ गरेर रातारात पोखरा पुर्यायो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपक्षी र आलोचकहरुले सोही दिनदेखि रवि लामिछानेलाई सहकारी ठग करार गर्न थाले । सँगै पार्टीलाई समेत सहकारी ठगको पार्टी भनेर बद्नाम गर्न कुनै कसर बाँकी राखेनन्  । 

Extreme Energy
citizen life

वैकैल्पिक सुुसंस्कृत राजनीतिको मियो दाबी गरेर २०७९ असारमा उदाएको रास्वपा ६ महिनामै २१ जना सांसद लिएर संसद छिरेन मात्रै देशको चौथो ठूलो दल थियो । तर, करिब २ वर्ष नपुुग्दै लगभग शून्यको अवस्थामा झर्यो । विघटनको संघारमा पुुग्यो । 

लामो राजनीतिक अनुभव नभएको तर शान्त,सौम्य र हँसिलो डीपी अर्यालको हातमा रास्वपाको रथ आईपुग्यो । तर, रथ प्रलयको आँधीहुुरीको बीचमा भएको बेला । 

हो–त्यतिबेलै हो डिपी अर्याललेको अग्नि परिक्षा सुरु भएको । अनि त्यतिबेलै हो डिपीले पार्टीलाई महाप्रलयबाट जोगाएको र आफूले आफूलाई प्रमाणित गरेको । 

लामिछानेलाई प्रतिशोधपूर्ण पक्राउ गरिएपछि कानुनी लडाईँको चुनौति त थियो नै सबैभन्दा ठूलो चूनौति थियो तत्कालिन सरकारले रविमाथि लगाइदिएको सहकारी ठगको दाग मेटाउनु । डिपी अर्यालको नेतृत्वमा पोखरामा रविमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाले आन्दोलन चर्कायो । 

आन्दोलनमा प्रहरीले कहिले अश्रुग्यास हान्यो, कहिले पानीको फोहरा वर्षायो । तर पनि आन्दोलन दबेन । रविलाई पोखराको हिरासतमा राख्दाको समयका सडक र संवादको नेतृत्व अर्यालले नै गरेका थिए । 

तर, न्यायको अवधि लम्बिदै गयो । मुद्दा थपिदै गए सोही अनुसार मुद्दामा पनि अनेक अर्घेल्याई बढ्दै गयो । तर अर्यालले हार मानेनन् । सभापतिमाथि तत्कालिन सरकारले गरेको दमनका विरुद्ध उनी अटल रहिरहे । 

२०८१ पुष ८ गते अर्याललाई पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी दियो । २५ पुसमा लामिछाने पोखरा हिरासतबाट रिहा भए तर जिल्लैपच्छिे झुण्ड्याएका मुद्दाका कारण उनी पार्टीका गतिबिधीमा सक्रिय हुनै सकेनन् । 

पार्टीको सम्पूर्ण जिम्मेवारी अर्यालकै टाउकोमा थियो । तर कहिल्यै उनले त्यसलाई बोझ ठानेनन् । २०८१ चैत २२ गते उच्च अदालतको आदेशपछि सभापति लामिछाने पुन पक्राउ गरियो र कारागार चलान गरियो ।  

पहिलो पटक पक्राउ गर्नुअघि रवि लामिछानेलाई प्रधानमन्त्रीकै अफर आएको थियो । पार्टी सभापति कानुनले बाँधिएको अवस्थामा संसदीय दलको नेतामा दावी राखेर ठूलै दाउ मार्ने अवसर अर्याललाई पनि थियो । तर उनले त्यसतर्फ सोच्नु समेत पाप ठाने । बरु उल्टै जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो भनेर सार्वजनिक ऐलान नै गरिदिए । 

पार्टी सभापति जेल नै चलान भएपछि रास्वपामा फेरि अर्को नैराश्यता सुरु भयो । पार्टीभित्रै गाईँ गुईँ फरक धार सृजना हुनथाल्यो । भित्रभित्रै सभापतिको विपक्षमा एउटा धार बनिरहेको थियो । तर अर्यालले पार्टीभित्रको असनतुष्ट पक्षलाई विश्वासमा राख्दै गए । 

पार्टी र सभापतिमाथि तत्कालिन समयमा नियतबस पोतिएको सहकारी ठगीको दाग मेटाउन कहिले सडकबाट, कहिले सदनबाट निरन्तर लडिरहे । कहिले जनताका घर–घरमा पुगेर हस्ताक्षर संकलन गर्दै भ्रम चिर्दै गए । देशदेखि विदेशबाट ४० लाख मानिसले रविमाथि अन्याय भयो भनेर नागरिकहरुले हस्ताक्षर गरे । 

रविमाथि तत्कालिन राज्यले गरेको शोषणलाई रास्वपा नेताहरुले शक्तिमा बदलीदिए । जसको नेतृत्व अर्यालले नै गरेका थिए । जुनसुकै हतकण्डा अपनाउँदा पनि रास्वपालाई तोड्न नसकेपछि अर्यालमाथि समेत विपक्षीबाट प्रहार हुनथाल्यो । अर्यालले राजनीतिमा आउनुपूर्व गरिरहेको व्यवसायलाई जोडेर अर्यालमाथि तत्कालिन सत्तापक्षका नेताहरुले संसदमै लाञ्छना लगाउने प्रयास गरे । 

त्यसको जवाफ अर्यालले यसरी दिएका थिए कि संवभत उनको यस्तो त्यो दिनसम्म कसैले देखेको थिएन । 

अर्यालको नेतृत्वमा रास्वपा झन् सशक्क्त र बलियो हुन थाल्यो । रास्वपाले संसदमा आफ्नो उपस्थिति यसरी देखायो त्यसले प्रमाणित गरिदियो शक्ति संख्यामा होइन विचारमा हुन्छ । 

तत्कालिन सरकारको दमन धेरै समय टिकेन । जेनजी आन्दोलनले देशको राजनीति फरक दिशामा लाग्यो । रवि लामिछाने छुटे । अर्यालले लामिछानेलाई पार्टीको नेतृत्व फिर्ता गरे । 

लामिछाने छुट्नुअघि पार्टीका नेताहरुले संगठन विस्तार देशका कुना कन्टरसम्म पुर्याएका थिए । देशका हरेक नागरिकलाई रास्वपाबारे थाहा थियो । लामिछाने जेलमा भएको बेला रास्वपा नेताहरुले संगठन विस्तारमा गरेको मेहनत चुनाबमा देखियो । त्यही मेहनत र बालेनसँगको सहकार्यको जगमा रास्वपाले करिब २ तिहाइ अर्थात १८२ सिटसहित देशको नेतृत्व गरिरहेको छ । जुुन आम निर्वाचनको कमाण्डर डीपी अर्याल स्वयम् थिए । 

त्यतिमात्र होइन पहिलो बरियताको उपसभापति रहेका अर्याल पार्टीको संभावित प्रधानमन्त्रीको उम्मेदवारको समेत दावेदार थिए । तर उनी बालेनलाई पार्टीमा ल्याउन र उनलाई बरिष्ठ नेता मान्दै प्रधानमन्त्री बनाउने सहमति गर्न तयार भए । कुलमानलाई पार्टीमा ल्याउने सहमति भएको बेला उनी आफूभन्दा अघिल्लो दर्जा कुलमानलाई दिन तयार भए । 

मजदुरदेखि सभामुखसम्म

डिपी अर्यालको जन्म २०३१ सालमा धादिङको मैदी स्थित एक सामान्य परिवारमा भयो । बाल्यकाल सामान्य तबरमै बित्यो । गाउँबाट शहरमा जागिर खाने चलन बढ्दै जाँदा उनी आर्थिक जोह गर्न २०४९ ताका काठमाडौँ छिरे । काठमाडौँ आएपछि उनले होटलमा भाँडा माझ्ने काम गरेका थिए । 

सोही क्रममा उनको चिनजान बढ्दै गयो । उनी केही समयपछि उनी टुरिस्ट गाइड पनि बने । २०५४ सालमा उनी अध्धयनका लागि जापान गए । पढाई सकेर नेपाल फर्किए । नेपाल आएपछि उनले उनले आफ्नो व्यवसायीक यात्राको सुरुवात गरेका थिए । ट्राभल्स, भाषा केन्द्र, स्कुल लगायतमा उनले लगानी गरे । उनले रेमिट्यान्स क्षेत्रमा समेत व्यवसाय विस्तार गरेका थिए । 

अर्यालले आफूले सञ्चालन गर्दै इजिलिंक मनी ट्रान्फरको ब्राण्ड एम्बेसडरमा लामिछानेलाई नियुक्त गरेका थिए । यहीँबाट अर्याल र लामिछानेको सम्बन्ध प्रगाढ बन्दै गएको थियो । 

न्युज २४ टेलिभिजनमा हुँदा रवि लामिछाने फाउन्डेसनको पहलमा बनेको रास्कोट अस्पताल निर्माणमा अर्यालको अहम् भूमिका छ । २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी खुल्यो । मंसिरको निर्वाचनमा रास्वपाले २० सिट जित्यो । खस आर्य क्ल्सटरबाट अर्याल सांसद निर्वाचित भए । 

२०७९ माघमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अर्याल करिब २० दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने । त्यस्तै दोस्रो पटक पनि करिब ४ महिना सोही मन्त्रालयको जिम्मेवारीमा थिए । छोटो समयमै उनले मन्त्रालयबाट केही राम्रा कामको थालनी गरेका थिए । 

उनले वैदेशिक रोजगारीमा जाने यात्रुका लागि सबै कागजपत्र पुरा गरेको १ घण्टामा श्रम स्वीकृति दिने व्यवस्था गराएका थिए । त्यस्तै रोजगार सृजना गर्नको लागि ‘श्रमाधान’ योजना अन्तर्गत रोजगारदाता र श्रमिकलाई जोडेर बेरोजगारी हटाउने पर्यत्न गरेका थिए । 

जेनजी आन्दोलनपछि भएको २०८२ को आम निर्वाचनमा उनी काठमाडौँ ९ बाट ३० हजार मतान्तरले विजयी भए । र अहिले प्रतिनिधिसभाको सभामुख बनेका छन् । रवि लामिछानेको नेतृत्वमा पार्टी गठन हुँदा डीपी दोस्रो भूमिकामा थिए ।

सुरुवाति दिनदेखि नै पार्टीमा सक्रिय र दत्तचित्त भएर लागेका अर्याललाई अहिले पार्टीले मुुलुुकको सर्वश्रेष्ठ तेस्रो ठूलो सभामुखजस्तो गरिमामय पदको जिम्मेवारी सुम्पिएको छ ।  

नेपालको संसदीय व्यवस्थामा सभामुखको भूमिका अत्यन्त महत्वपूर्ण र जिम्मेवार मानिन्छ । सभामुख प्रतिनिधिसभाको अध्यक्षका रूपमा मात्रै कार्य गर्दैनन् । सभामुुख संविधानका रक्षक पनि हुुन् । संसद् बैठक सञ्चालन गर्ने, छलफललाई मर्यादित तथा व्यवस्थित बनाउने मुख्य जिम्मेवारी निर्वाह गर्ने भूमिकामा अब सम्माननिय सभामुख डीपी अर्याल हुनेछन् । 

हिजो पार्टीभित्र मात्र सिमित उनलाई राजनीतिक रूपमा निष्पक्ष रहँदै सबै दल र सांसदहरूबीच सन्तुलन कायम गर्ने जिम्मेवारी थपिएको छ । पार्टीभित्र आफूलाई प्रमाणित गरिसकेका अर्याल संसद्को गरिमा र अनुशासन कायम राख्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने कार्यमा कति सफल हुन्छन् त्यो भने हेर्न बाँकी नै छ । तर, प्रलयबाट रास्वपा र रास्वपाका नेता जोगाएको मात्रै होइन । प्रलयपछिको दिग्विजयको नेतृत्वकर्ता र योजनाकार समेत रहेका डीपी रास्वपाका धर्म र सत्यका मानक अर्थात युधिष्ठिर हुुन् । व्यवस्थापिकाको सर्वोच्च संसदीय भूमीकामा उनले आफूलाई सधै अब्बल राखुुन् । शुभकामना ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ता लाई सरकारको चेतावनी

अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ता लाई सरकारको चेतावनी

साथै, अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिम्मेवार र संयमित भएर सामग्री प्रकाशन तथा साझेदारी गर्न अनुरोध गर्दै आधिकारिक पुष्टि नभएका समाचार वा सूचना प्रसारण नगर्न र स्रोतको...
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम, एक वर्ष म्याद

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम, एक वर्ष म्याद

आयोगका अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ...
संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान, वैशाख १७ गते सुरु हुने

संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान, वैशाख १७ गते सुरु हुने

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ बिहीबार दिउँसो २ बजेका लागि संसद अधिवेशन आहवान गरेका हुन् ।
दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर...