काठमाडौँ । रास्वपा भन्ने पार्टी सकियो, रबि लामिछाने सक्किए । रविसँगै पार्टीमा कुद्नेहरु पनि अब सक्किन्छन् । अब यो पार्टी कसले सम्हाल्छ ? २०८१ कत्र्तिक २ गते रातिबाट यस्तै यस्तै अड्कल र प्रश्नहरु टोल छिमेक, गल्लि र सञ्जालहरुमा सु्निन थालिए । किनकी यसको केही घण्टा अघि मात्रै रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयबाटै पक्राउ गरेर पोखरा पुर्याइँदै थिए ।
रास्वपाका रानीमाहुरी रवि लामिछाने नै पक्राउ परेपछि शुभचिन्तकहरुमा सन्नाटा छाएको थियो । विपक्षीको धारे हातको त के कुुरा । तत्कालिन एमाले काँग्रेस सरकारले लामिछानेलाई सहकारी ठगी गरेको आरोपमा पक्राउ गरेर रातारात पोखरा पुर्यायो ।
विपक्षी र आलोचकहरुले सोही दिनदेखि रवि लामिछानेलाई सहकारी ठग करार गर्न थाले । सँगै पार्टीलाई समेत सहकारी ठगको पार्टी भनेर बद्नाम गर्न कुनै कसर बाँकी राखेनन् ।
वैकैल्पिक सुुसंस्कृत राजनीतिको मियो दाबी गरेर २०७९ असारमा उदाएको रास्वपा ६ महिनामै २१ जना सांसद लिएर संसद छिरेन मात्रै देशको चौथो ठूलो दल थियो । तर, करिब २ वर्ष नपुुग्दै लगभग शून्यको अवस्थामा झर्यो । विघटनको संघारमा पुुग्यो ।
लामो राजनीतिक अनुभव नभएको तर शान्त,सौम्य र हँसिलो डीपी अर्यालको हातमा रास्वपाको रथ आईपुग्यो । तर, रथ प्रलयको आँधीहुुरीको बीचमा भएको बेला ।
हो–त्यतिबेलै हो डिपी अर्याललेको अग्नि परिक्षा सुरु भएको । अनि त्यतिबेलै हो डिपीले पार्टीलाई महाप्रलयबाट जोगाएको र आफूले आफूलाई प्रमाणित गरेको ।
लामिछानेलाई प्रतिशोधपूर्ण पक्राउ गरिएपछि कानुनी लडाईँको चुनौति त थियो नै सबैभन्दा ठूलो चूनौति थियो तत्कालिन सरकारले रविमाथि लगाइदिएको सहकारी ठगको दाग मेटाउनु । डिपी अर्यालको नेतृत्वमा पोखरामा रविमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाले आन्दोलन चर्कायो ।
आन्दोलनमा प्रहरीले कहिले अश्रुग्यास हान्यो, कहिले पानीको फोहरा वर्षायो । तर पनि आन्दोलन दबेन । रविलाई पोखराको हिरासतमा राख्दाको समयका सडक र संवादको नेतृत्व अर्यालले नै गरेका थिए ।
तर, न्यायको अवधि लम्बिदै गयो । मुद्दा थपिदै गए सोही अनुसार मुद्दामा पनि अनेक अर्घेल्याई बढ्दै गयो । तर अर्यालले हार मानेनन् । सभापतिमाथि तत्कालिन सरकारले गरेको दमनका विरुद्ध उनी अटल रहिरहे ।
२०८१ पुष ८ गते अर्याललाई पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी दियो । २५ पुसमा लामिछाने पोखरा हिरासतबाट रिहा भए तर जिल्लैपच्छिे झुण्ड्याएका मुद्दाका कारण उनी पार्टीका गतिबिधीमा सक्रिय हुनै सकेनन् ।
पार्टीको सम्पूर्ण जिम्मेवारी अर्यालकै टाउकोमा थियो । तर कहिल्यै उनले त्यसलाई बोझ ठानेनन् । २०८१ चैत २२ गते उच्च अदालतको आदेशपछि सभापति लामिछाने पुन पक्राउ गरियो र कारागार चलान गरियो ।
पहिलो पटक पक्राउ गर्नुअघि रवि लामिछानेलाई प्रधानमन्त्रीकै अफर आएको थियो । पार्टी सभापति कानुनले बाँधिएको अवस्थामा संसदीय दलको नेतामा दावी राखेर ठूलै दाउ मार्ने अवसर अर्याललाई पनि थियो । तर उनले त्यसतर्फ सोच्नु समेत पाप ठाने । बरु उल्टै जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो भनेर सार्वजनिक ऐलान नै गरिदिए ।
पार्टी सभापति जेल नै चलान भएपछि रास्वपामा फेरि अर्को नैराश्यता सुरु भयो । पार्टीभित्रै गाईँ गुईँ फरक धार सृजना हुनथाल्यो । भित्रभित्रै सभापतिको विपक्षमा एउटा धार बनिरहेको थियो । तर अर्यालले पार्टीभित्रको असनतुष्ट पक्षलाई विश्वासमा राख्दै गए ।
पार्टी र सभापतिमाथि तत्कालिन समयमा नियतबस पोतिएको सहकारी ठगीको दाग मेटाउन कहिले सडकबाट, कहिले सदनबाट निरन्तर लडिरहे । कहिले जनताका घर–घरमा पुगेर हस्ताक्षर संकलन गर्दै भ्रम चिर्दै गए । देशदेखि विदेशबाट ४० लाख मानिसले रविमाथि अन्याय भयो भनेर नागरिकहरुले हस्ताक्षर गरे ।
रविमाथि तत्कालिन राज्यले गरेको शोषणलाई रास्वपा नेताहरुले शक्तिमा बदलीदिए । जसको नेतृत्व अर्यालले नै गरेका थिए । जुनसुकै हतकण्डा अपनाउँदा पनि रास्वपालाई तोड्न नसकेपछि अर्यालमाथि समेत विपक्षीबाट प्रहार हुनथाल्यो । अर्यालले राजनीतिमा आउनुपूर्व गरिरहेको व्यवसायलाई जोडेर अर्यालमाथि तत्कालिन सत्तापक्षका नेताहरुले संसदमै लाञ्छना लगाउने प्रयास गरे ।
त्यसको जवाफ अर्यालले यसरी दिएका थिए कि संवभत उनको यस्तो त्यो दिनसम्म कसैले देखेको थिएन ।
अर्यालको नेतृत्वमा रास्वपा झन् सशक्क्त र बलियो हुन थाल्यो । रास्वपाले संसदमा आफ्नो उपस्थिति यसरी देखायो त्यसले प्रमाणित गरिदियो शक्ति संख्यामा होइन विचारमा हुन्छ ।
तत्कालिन सरकारको दमन धेरै समय टिकेन । जेनजी आन्दोलनले देशको राजनीति फरक दिशामा लाग्यो । रवि लामिछाने छुटे । अर्यालले लामिछानेलाई पार्टीको नेतृत्व फिर्ता गरे ।
लामिछाने छुट्नुअघि पार्टीका नेताहरुले संगठन विस्तार देशका कुना कन्टरसम्म पुर्याएका थिए । देशका हरेक नागरिकलाई रास्वपाबारे थाहा थियो । लामिछाने जेलमा भएको बेला रास्वपा नेताहरुले संगठन विस्तारमा गरेको मेहनत चुनाबमा देखियो । त्यही मेहनत र बालेनसँगको सहकार्यको जगमा रास्वपाले करिब २ तिहाइ अर्थात १८२ सिटसहित देशको नेतृत्व गरिरहेको छ । जुुन आम निर्वाचनको कमाण्डर डीपी अर्याल स्वयम् थिए ।
त्यतिमात्र होइन पहिलो बरियताको उपसभापति रहेका अर्याल पार्टीको संभावित प्रधानमन्त्रीको उम्मेदवारको समेत दावेदार थिए । तर उनी बालेनलाई पार्टीमा ल्याउन र उनलाई बरिष्ठ नेता मान्दै प्रधानमन्त्री बनाउने सहमति गर्न तयार भए । कुलमानलाई पार्टीमा ल्याउने सहमति भएको बेला उनी आफूभन्दा अघिल्लो दर्जा कुलमानलाई दिन तयार भए ।
मजदुरदेखि सभामुखसम्म
डिपी अर्यालको जन्म २०३१ सालमा धादिङको मैदी स्थित एक सामान्य परिवारमा भयो । बाल्यकाल सामान्य तबरमै बित्यो । गाउँबाट शहरमा जागिर खाने चलन बढ्दै जाँदा उनी आर्थिक जोह गर्न २०४९ ताका काठमाडौँ छिरे । काठमाडौँ आएपछि उनले होटलमा भाँडा माझ्ने काम गरेका थिए ।
सोही क्रममा उनको चिनजान बढ्दै गयो । उनी केही समयपछि उनी टुरिस्ट गाइड पनि बने । २०५४ सालमा उनी अध्धयनका लागि जापान गए । पढाई सकेर नेपाल फर्किए । नेपाल आएपछि उनले उनले आफ्नो व्यवसायीक यात्राको सुरुवात गरेका थिए । ट्राभल्स, भाषा केन्द्र, स्कुल लगायतमा उनले लगानी गरे । उनले रेमिट्यान्स क्षेत्रमा समेत व्यवसाय विस्तार गरेका थिए ।
अर्यालले आफूले सञ्चालन गर्दै इजिलिंक मनी ट्रान्फरको ब्राण्ड एम्बेसडरमा लामिछानेलाई नियुक्त गरेका थिए । यहीँबाट अर्याल र लामिछानेको सम्बन्ध प्रगाढ बन्दै गएको थियो ।
न्युज २४ टेलिभिजनमा हुँदा रवि लामिछाने फाउन्डेसनको पहलमा बनेको रास्कोट अस्पताल निर्माणमा अर्यालको अहम् भूमिका छ । २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी खुल्यो । मंसिरको निर्वाचनमा रास्वपाले २० सिट जित्यो । खस आर्य क्ल्सटरबाट अर्याल सांसद निर्वाचित भए ।
२०७९ माघमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अर्याल करिब २० दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने । त्यस्तै दोस्रो पटक पनि करिब ४ महिना सोही मन्त्रालयको जिम्मेवारीमा थिए । छोटो समयमै उनले मन्त्रालयबाट केही राम्रा कामको थालनी गरेका थिए ।
उनले वैदेशिक रोजगारीमा जाने यात्रुका लागि सबै कागजपत्र पुरा गरेको १ घण्टामा श्रम स्वीकृति दिने व्यवस्था गराएका थिए । त्यस्तै रोजगार सृजना गर्नको लागि ‘श्रमाधान’ योजना अन्तर्गत रोजगारदाता र श्रमिकलाई जोडेर बेरोजगारी हटाउने पर्यत्न गरेका थिए ।
जेनजी आन्दोलनपछि भएको २०८२ को आम निर्वाचनमा उनी काठमाडौँ ९ बाट ३० हजार मतान्तरले विजयी भए । र अहिले प्रतिनिधिसभाको सभामुख बनेका छन् । रवि लामिछानेको नेतृत्वमा पार्टी गठन हुँदा डीपी दोस्रो भूमिकामा थिए ।
सुरुवाति दिनदेखि नै पार्टीमा सक्रिय र दत्तचित्त भएर लागेका अर्याललाई अहिले पार्टीले मुुलुुकको सर्वश्रेष्ठ तेस्रो ठूलो सभामुखजस्तो गरिमामय पदको जिम्मेवारी सुम्पिएको छ ।
नेपालको संसदीय व्यवस्थामा सभामुखको भूमिका अत्यन्त महत्वपूर्ण र जिम्मेवार मानिन्छ । सभामुख प्रतिनिधिसभाको अध्यक्षका रूपमा मात्रै कार्य गर्दैनन् । सभामुुख संविधानका रक्षक पनि हुुन् । संसद् बैठक सञ्चालन गर्ने, छलफललाई मर्यादित तथा व्यवस्थित बनाउने मुख्य जिम्मेवारी निर्वाह गर्ने भूमिकामा अब सम्माननिय सभामुख डीपी अर्याल हुनेछन् ।
हिजो पार्टीभित्र मात्र सिमित उनलाई राजनीतिक रूपमा निष्पक्ष रहँदै सबै दल र सांसदहरूबीच सन्तुलन कायम गर्ने जिम्मेवारी थपिएको छ । पार्टीभित्र आफूलाई प्रमाणित गरिसकेका अर्याल संसद्को गरिमा र अनुशासन कायम राख्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने कार्यमा कति सफल हुन्छन् त्यो भने हेर्न बाँकी नै छ । तर, प्रलयबाट रास्वपा र रास्वपाका नेता जोगाएको मात्रै होइन । प्रलयपछिको दिग्विजयको नेतृत्वकर्ता र योजनाकार समेत रहेका डीपी रास्वपाका धर्म र सत्यका मानक अर्थात युधिष्ठिर हुुन् । व्यवस्थापिकाको सर्वोच्च संसदीय भूमीकामा उनले आफूलाई सधै अब्बल राखुुन् । शुभकामना ।