नेभिगेशन
समाज
रवि र शिशिरको भारत भ्रमण

शान्त तलाउमा छाल उठ्यो, अब किनारा लाग्नुपर्छ

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालबाट लगालग भएका भारत भ्रमणले राष्ट्रिय राजनीति मात्रै अन्तर्राष्ट्रिय कूटनीति पनि तरंगित छ । राजनीतिक तहमा लामो समयदेखि रोकिएको दुई देशबीचको संवाद र भ्रमण गत साता पुनः सुरु भयो । 

भाजपा अध्यक्ष नितिन नवीनको निम्तोमा रविले भारतको पाँच दिने भ्रमण गरे । रवि जुन दिन भारतबाट फर्के, त्यही दिन परराष्ट्रमन्त्री शिशिर नयाँ दिल्ली पुगे, विदेशमन्त्री एस. जयशंकरको निम्तोमा । रुपमा यी दुवै भ्रमण फरक फरक हुन् । तर, सारमा यी दुवै भ्रमणमा समानता छन्, साझा विषय छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रवि र शिशिरको भारत भ्रमणलाई लिएर दुवै देशका राजनीतिक वृत्तमा चर्चा र छलफल भइरहेको छ । दुवै देशका मिडियाले ती दुवै भ्रमणलाई उच्च प्राथमिकता दिए । यसरी सबैतिरबाट चर्चा र महत्व पाउनुको दुई वटा कारण छन् । 

Ncell
Extreme Energy

पहिलो– नेपाल र भारतका बीचमा लामो समयदेखि राजनीतिक तहमा भ्रमण हुन सकेको थिएन, संवाद हुन सकेको थिएन । 

दोस्रो– रवि र शिशिरको भ्रमणलाई भारत सरकार र भारतको सत्तारुढ दलले उच्च महत्व दिए । त्यसको पुष्टि रविको स्वागत र भेटवार्ताले गरिदियो । 

नेपाल र भारत दुई देश हुन् । फरक फरक देश भएकाले यी दुईबीच स्वाभाविक रुपमा कूटनीतिक सम्बन्ध छ । र, कूटनीतिक संवाद भइरहन्छ । राजनीतिक दलका नेता तथा सरकारका प्रधानमन्त्री र मन्त्री तहमा हुने भ्रमण र संवादलाई राजनीतिक भ्रमण वा संवाद पनि भनिन्छ । यसको कारण हो– लोकतान्त्रिक पद्धतिमा मुलुकको कार्यकारी नेतृत्व राजनीतिक व्यक्तिबाट हुन्छ । प्राविधिक काम कर्मचारी तहबाट हुन्छ, त्यसका लागि बाटो खुलाउने काम राजनीतिक तहबाट हुन्छ । अहिले भएका यी दुवै भ्रमण यसकारणले राजनीतिक पनि हुन् । 

नेपाल र भारतका बीचमा जति पुरानो सम्बन्ध छ, त्यति नै विवाद पनि छ । कतिपय विवाद नयाँ छन्, कतिपय विवाद वर्षौंदेखिका छन् । विशेषगरी लिपुलेक, कालापानी र लिम्पियाधुरा तथा सुस्ताको विवाद वर्षौंदेखि छ । पटक पटक भएका वार्ता, संवाद र भ्रमणबाट पनि यी विवाद सुल्झिएका छैनन् । 

जब नेपालले चुच्चे नक्सा सार्वजनिक गर्यो, दुई देशबीचको सम्बन्ध चिसिँदै गयो । चुच्चे नक्सा जारी भएपछि पनि दुई देशका बीचमा उच्चस्तरीय भ्रमण भए, हात पनि मिले, तर, मन मिलेन । किनभने भारतले चुच्चे नक्सालाई स्वीकार गरेन । यतिमात्रै होइन, त्यसबारेमा छलफलसमेत गर्न चाहेन ।

त्यसयता सीमा विवादमा दुई देशका बीचमा छलफल नै भएन । अरु विषय र प्रसंगमा वार्ता भए पनि भारतले सीमा विवादलाई एजेण्डा बन्न दिएन, नेपालले समावेश गर्न सकेन । सीमाको विवाद शान्त तलाउ जस्तै जमेर बसिरह्यो । 

सर्वत्र एउटा बुझाइ र मान्यता छ– शान्त तलाउमा कसैले ठूलो ढुंगा फालिदियो भने तलाउको पानीमा छाल उठ्छ । तालको पानी चल्छ । त्यो छाल किनारमा पुगेमात्रै रोकिन्छ । यसको अर्थ पानी चलेपछि किनारमा पुगेपछि रोकिन्छ । नेपाल–भारत सम्बन्ध र सीमा विवादमा पनि अहिले त्यस्तै भएको छ । उठ्नै नसकेको एजेण्डा अहिले छलफलमा आएको छ । रवि र शिशिरको भ्रमणले सीमा विवाद सम्बन्धी एजेण्डालाई स्थापित गरेको छ, भारत कुरा गर्न तयार देखिएको छ । तलाउमा उठेको छाल किनारमा पुगेर रोकिए जस्तै सीमाका विषयमा उठेको बहस अब कूटनीतिक टेबलमा पुगेर मात्र टुंगिनुपर्छ । 

दुई देशको भूराजनीति र कूटनीतिक मामिलाका जानकारहरुले भनेका छन्– रविलाई भारतले जुन सम्मान दियो र रविसँगको वार्तामा जो जो भारतीय अधिकारी सहभागी भए, त्यसले नयाँ संकेत गरेको छ । रविले भ्रमणका दौरान जुन जुन विषय उठाए, ती सबै विषयमा ‘उदार मन’ले वार्ता गर्न भारत तयार देखिएको छ । सम्बन्धलाई नयाँ शिराबाट उठाउन रविले सार्वजनिक गरेको आठ बुँदे ‘फर्मुला’लाई भारतले सकारात्मक रुपमा लिनु त्यसैको उदाहरण हो । 

नेपाल मामिला (विशेषगरी सीमा) मा भारतले अत्यन्त छिटो प्रतिक्रिया जनाउँछ । नेपालसँग सरोकार राख्ने कतिपय विषयमा भारतले सोध्दा पनि सोध्दैन । रवि लामिछानेको भ्रमणको एक दिनअघि प्रधानमन्त्री बालेनले संसदमा सीमा समस्याबारे बोले । रवि नयाँ दिल्ली पुगेकै दिन भारतले पत्रकार सम्मेलनमा आफ्नो धारणा सार्वजनिक गर्यो– नेपाल–भारत सिमाना विवाद ९८ प्रतिशत समाधान भइसक्यो, अब २ प्रतिशत मात्रै बाँकी छ । उसले सुस्तालाई मात्रै ‘नोटिस’ मा राखेको बतायो । तर, जब रवि लामिछानेले नयाँ दिल्लीमा भेटवार्ता थाले, विवाद रहेका सबै विषयमा खुला छलफल गर्न भारतीय अधिकारी तयार देखिए । 

परराष्ट्रमन्त्री शिशिर खनालको दिल्ली भ्रमणको एजेण्डा सीमा विवाद छँदै थिएन । तर, भारतीय मिडियाहरुले खनालसँग सोधिहाले । खनालले पनि सबै विवादित विषयमा छलफल हुने जवाफ दिए । यसमा भारतले कुनै प्रतिक्रिया जनाएन । 

नेपाल–भारत सम्बन्धको ‘शान्त तलाउमा छाल उठेको’ अर्को कडी हो– रवि र मोदीबीचको भेटमा भारतीय उच्च पदाधिकारीहरुको सहभागिता । रवि–मोदी वार्तामा सहभागी थिए– राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्री । सामान्यतया दुई देशका प्रधानमन्त्री तहको वार्तामा मात्रै मोदीले ती पदाधिकारीलाई संलग्न गराउँथे । रवि नेपालका प्रधानमन्त्री होइनन्, उनी कुनै कार्यकारी तहमा छैनन् । तर, मोदीले कार्यकारी तहमा हुने वार्ताको झल्को दिए । यति उच्चस्तरको वार्तामा भएका विषय कम्तीमा त्यसै रोकिने छैन भनेर सहजै अनुमान लगाउन सकिन्छ । 

भारत भ्रमणबाट फर्केपछि रविले आज सर्वदलीय बैठक आह्वान गरे । उनले बैठक आह्वान गर्नुको दुई उद्देश्य थिए । 

पहिलो– आफ्नो भारत भ्रमणबारे सबै दलहरुलाई जानकारी गराउनु ।

दोस्रो– संसदमा देखिएको गतिरोध अन्त्य गर्नु । 

प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरु असन्तुष्ट छन् । उनीहरुले सदनमै आएर प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने सर्त राखिरहेका छन् । प्रतिनिधिसभा नियमावली पारित गर्दा सत्तापक्षले बलमिच्यायँ गर्यो भन्ने पनि विपक्षीको गुनासो छ । यसैमा थपिएको आर्थिक विधेयकमा गरिएको संशोधनको मुद्दा पनि । यी तीन कारणले सदनले गति लिन सकेको छैन । सत्तारुढ दलको सभापतिको हैसियतले सदनमा देखिएको गतिरोध हटाउने पहल रविले गरेका छन् ।

त्यस्तै सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणका क्रममा भएका भेटवार्ता र छलफलका बारेमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई जानकारी गराएका छन् । एउटा पार्टीको सभापतिले अरु पार्टीलाई आफ्नो भ्रमणका बारेमा जानकारी गराउनै पर्ने बाध्यता त हुँदैन, तर, उनले आफ्नो पारदर्शिता कायम राखेका छन् र अन्य दलहरुलाई पनि गतिलो सवक सिकाएका छन् । 

भारत भ्रमणका दौरान रवि र शिशिर दुवैले भनेको अर्को एउटा विषय छ, जसलाई अन्य दल र केही टिप्पणीकारले आलोचना गरेका छन् । त्यो हो– रास्वपा र वर्तमान सरकारले विगतमा सत्तामा रहेका दलहरुको भारी ‘ब्यागेज’ बोक्दैन । कतिपयले यसलाई नकारात्मक रुपमा व्याख्या गरिरहेका छन् । रवि र शिशिरले भनेका छन्– पुरानो ब्यागेज भनेको यसअघि सत्तामा रहेका वा नरहेका दलहरुले सिर्जना गरेको भार वर्तमान सरकारले बहन गर्दैन भनेको हो । राज्यको भार त जुनसुकै सरकारले पनि बहन गरिहाल्छ । किनभने सरकार अबिच्छिन्न उत्तराधिकारवाला संस्था हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।