नेभिगेशन
समाज

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले वैचारिक, सांगठनिक र कार्यक्रमिक समानता भएका विभिन्न वाम राजनीतिक दल तथा घटकसँग पार्टी एकताका लागि पहल र वार्ता गर्न समिति गठन गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।

Ncell
Extreme Energy

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा बसेको बैठकले वर्तमान राजनीतिक परिस्थिति र पार्टीले निर्वाह गर्नुपर्ने कार्यभारबारे छलफल गरेको थियो । बैठकमा प्रचण्ड र नेपालले पार्टीका पछिल्ला गतिविधि तथा आगामी कार्यभारबारे धारणा राखेका थिए ।

बैठकले पार्टीको महाधिवेशन तथा अधिवेशनका विषयमा आवश्यक छलफल गरी निर्णय गर्ने जिम्मेवारी पार्टी सचिवालयलाई दिएको छ ।

त्यस्तै, पार्टी र जनवर्गीय संगठनहरूको समायोजन, पार्टी सदस्यता वितरण तथा नवीकरण र संगठन सुदृढीकरणका लागि दुईमहिने विशेष जनअभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । अभियानको विस्तृत योजना आगामी सचिवालय बैठकले तय गर्नेछ ।

बैठकले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सिङ्गो पार्टीपंक्ति परिचालन गर्ने निर्णयसमेत गरेको छ।

बैठक शहीदहरूप्रति एक मिनेट मौनधारणबाट सुरु भएको थियो।

बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता प्रकाश ज्वालाले वाम दल तथा घटकसँग पार्टी एकताका लागि पहल र वार्ता अघि बढाउन समिति गठन गरिएको जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।