नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

काठमाडौं। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री शाहले आज साँझ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकातर्फ प्रस्थान गर्ने गरेका हुन्। संयुक्त राष्ट्रसंघको उच्चस्तरीय सप्ताहअन्तर्गत हुने महासभामा सहभागी हुन उनी न्युयोर्क जान लागेका हुन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा हुँदैछ। महासभाको सामान्य बहस सेप्टेम्बर २२ देखि सुरु हुँदैछ।

Ncell
Extreme Energy

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले सम्बोधनका क्रममा नेपालमा हालै भएको भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षति, जलवायु परिवर्तनका प्रभाव तथा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ।

नेपालमा गत अगस्ट २६ मा आएको भोटेकोशी–त्रिशूली बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। उक्त विपद्पछि जलवायु परिवर्तनबाट हिमाली मुलुकले भोगिरहेका जोखिम, जलवायु न्याय तथा पुनःस्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको विषय प्रधानमन्त्रीको भ्रमणका क्रममा उठाउने तयारी गरिएको छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीको टोली सेप्टेम्बर २६ मा काठमाडौं फर्कने कार्यक्रम छ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली सेप्टेम्बर २० अर्थात् असोज ४ गते नै न्युयोर्क पुगिसकेको छ। परराष्ट्रमन्त्री खनालले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउने र विभिन्न मुलुकका समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।
गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।