नेभिगेशन
नेताका कुरा

रविको प्रस्तावमा गगन र माधव नेपालले जनाए सहमति

काठमाडौँ । भोटेकोशी बाढीपछि उत्पन्न विपत्तिको सामना र प्रभावितहरुको उचित व्यवस्थापनका विषयमा रास्वपा सभापति रवि लामिछानेले राखेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपाली कांग्रेसका सभापति रवि लामिछाने र नेकपा सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि सहमति जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा जारी बैठकको सुरुमै सभापति लामिछानेले विपत्तिको सामना गर्न सबै दलहरु एकजुट हुनुपर्ने र समाधानका उपाय पहिल्याउन तथा सरकारलाई सहयोग गर्न उच्चस्तरीय राजनीतिक समिति गठनको प्रस्ताव गरेका थिए ।

Ncell
Extreme Energy

त्यसलगत्तै बोलेका कांग्रेस सभापति थापाले रास्वपा सभापति लामिछानेको प्रस्तावमा सहमति जनाउँदै अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रधानमन्त्रीले बोल्दै गर्दा पनि यो समितिले काम गर्नुपर्ने धारणा राखे ।

बस्ती स्थानान्तरण गर्दा समस्या आउन सक्ने बताउँदै सभापति थापाले त्यसमा राजनीतिक दलहरुका बीचमा एकमत हुनुपर्ने र सरकारको योजनालाई दलहरुले सघाउनुपर्ने बताए ।

त्यस्तै, पूर्वप्रधानमन्त्री एवम् नेकपा सहसंयोजक नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्ने गरी उच्चस्तरीय समितिको नाम राख्नुपर्ने धारणा व्यक्त गरे । यसलाई सामान्य समिति जस्तो बनाउनु नहुने उनको भनाइ थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
रविले बोलाएको सर्वदलीय बैठकमा को को छन् ?

रविले बोलाएको सर्वदलीय बैठकमा को को छन् ?

रास्वपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको सहभागिता छ भने संसदमा नरहेका दलका नेताहरु पनि सहभागी छन् ।
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
सुरू भयो ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’

सुरू भयो ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’

आज सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षले प्लाटफर्मको उद्घाटन गरेका हुन् ।