नेभिगेशन
समाज

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना अधिकारीको सम्पत्ति र अनलाइन गतिविधिमाथि निगरानी बढाउने

एजेन्सी। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले आफ्ना अधिकारीहरूको सम्पत्ति, पारिवारिक व्यावसायिक गतिविधि र अनलाइन व्यवहारमाथि कडा निगरानी बढाउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सार्वजनिक पार्टी दस्तावेजमा अधिकारीहरूको सम्पत्ति तथा अनलाइन गतिविधिमाथि निगरानी बढाउने योजना समेटिएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको उक्त दस्तावेज बेइजिङमा यसै साता सम्पन्न पार्टीको वार्षिक पूर्ण बैठकपछि सार्वजनिक भएको हो । बैठकले शासन व्यवस्था सुधार र भ्रष्टाचार नियन्त्रणमा जोड दिएको थियो ।

Marvel
Extreme Energy

चीनका राष्ट्रपति सी जिनपिङले एक दशकभन्दा बढी समयदेखि भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्दै आएका छन् । यस क्रममा हजारौँ अधिकारी कारबाहीमा परेका छन् भने केन्द्रीय समितिका दर्जनौँ सदस्य र उच्च सैन्य अधिकारीसमेत पदमुक्त भएका छन् ।

आइतबार सार्वजनिक प्रस्तावमा पार्टी अधिकारीहरूको निगरानी र व्यवस्थापनलाई थप कडा बनाउने उल्लेख छ ।

“उच्च पदस्थ अधिकारीहरूबाट सुरु गर्दै हामी अधिकारीहरूको सर्वाङ्गीण व्यवस्थापन र नियमित निगरानीलाई कडा बनाउनेछौँ । उनीहरूको सम्पूर्ण कार्यकालभरि कडा मापदण्ड लागू गर्नेछौँ”, प्रस्तावमा भनिएको छ ।

त्यस्तै, परिवारको सम्पत्ति र खर्च सामान्य आम्दानीभन्दा अस्वाभाविक रूपमा बढी भएका अधिकारीहरूको अनुसन्धान तथा प्रमाणीकरण गरिने दस्तावेजमा उल्लेख छ । अधिकारीका जीवनसाथी र छोराछोरीका व्यावसायिक गतिविधिमाथि पनि निगरानी बढाइने भएको छ ।

“हामी पार्टी सदस्यहरूको अनलाइन व्यवहारलाई अझ राम्रोसँग नियमन गर्नेछौँ”, प्रस्तावमा भनिएको छ ।

पार्टीले भर्चुअल मुद्रा र ब्लकचेनमार्फत हुने भ्रष्टाचार नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको छ । बिहीबार सम्पन्न पूर्ण बैठकले ‘पार्टीको पूर्ण र कडा शासनलाई अगाडि बढाउने’ निर्णय गरेको थियो । यसमा पार्टीका कार्यकर्ताबाट हुने भ्रष्टाचार नियन्त्रणका उपायसमेत समेटिएका छन् ।

सिन्ह्वाका अनुसार बैठकपछि थप ३३ जना उच्च पदाधिकारीलाई पार्टीबाट निष्कासन गरिएको छ । निष्कासनमा पर्नेमा पूर्व पोलिटब्युरो सदस्य झाङ यौसिया पनि छन् । उनी कुनै समय चीनका उच्च पदस्थ सैन्य जनरल थिए ।

पार्टीका समर्थकहरूले भ्रष्टाचार नियन्त्रण अभियानले स्वच्छ शासन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्दै आएका छन् । यद्यपि, विश्लेषकहरूले यी कदम सन् २०२७ को पहिलो छ महिनापछि हुने पार्टी कंग्रेसमा राष्ट्रपति सीको नेतृत्व अवधि थप लम्ब्याउने वातावरण तयार पार्ने उद्देश्यसँग पनि जोडिएको हुन सक्ने बताएका छन् ।

आइतबार सार्वजनिक केन्द्रीय समितिको प्रस्तावमा पार्टीभित्रको लोकतन्त्रलाई प्रभावकारी बनाउने विषयसमेत समेटिएको छ । पार्टी सदस्यलाई आफ्ना विचार व्यक्त गर्ने थप अवसर उपलब्ध गराउने र खुलेर बोल्न प्रोत्साहित गर्ने प्रस्तावमा उल्लेख छ ।

“हामीले पार्टीभित्र लोकतन्त्र अभ्यास गर्ने प्रणालीलाई कायम राख्नु र सुधार गर्नुपर्छ, पार्टी सदस्यहरूको प्रमुख स्थानको सम्मान गर्नुपर्छ र उनीहरूका लोकतान्त्रिक अधिकारको रक्षा गर्नुपर्छ”, केन्द्रीय समितिको प्रस्तावमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी ज्ञान दिने एआई

जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी ज्ञान दिने एआई

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसम्बन्धी ज्ञान र अभिलेखलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई)मा आधारित डिजिटल पुस्तकालय सञ्चालनमा ल्याएको छ ।
मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ ।
कांग्रेसले अचानक किन बोलायो प्रतिपक्षी दलहरूको बैठक ?

कांग्रेसले अचानक किन बोलायो प्रतिपक्षी दलहरूको बैठक ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।
राप्ती नदीको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण सुरु

राप्ती नदीको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण सुरु

पश्चिम राप्ती नदीको बाढी जोखिम न्यूनीकरण तथा दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माणको काम अघि बढाइएको छ ।