नेभिगेशन
समाज

कांग्रेस महाधिवेशनको रेलः चढ्ने चढे, छुट्ने छुटे

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको तालिका अब संशोधन नहुने बताएपछि असोज १६–१९ का लागि तोकिएको १५ औं महाधिवेशनले गति लिएको छ । तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडामा अधिवेशन हुने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असोज ३ मा सुरु हुने महाधिवेशनको पहिलो तालिकामा वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन र महाधिवेशन हुने छ भने दोस्रो चरणमा जिल्ला र प्रदेश अधिवेशन हुने छ ।

Ncell
Extreme Energy

वडा अधिवेशन सुरु हुनुभन्दा चार दिनअघि निर्वाचन समितिले बुधबार पत्रकार सम्मेलन गरी अब महाधिवेशनका कुनै पनि तालिका संशोधन नहुने र तोकिएको तालिकाअनुसार नै महाधिवेशन हुने बतायो । यसको अर्थ– ‘अब सहमतिका नाममा तालिका परिवर्तन हुने छैन । वडा अधिवेशनमा जो सहभागी हुन्छन्, ती महाधिवेशनमा सहभागी हुन्छन्, जो वडा अधिवेशनमा सहभागी हुँदैनन्, उनीहरूले महाधिवेशन गुमाउनेछन्।’

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले महाधिवेशनको गतिलाई यसरी अगाडि बढाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउवाले भने सार्वजनिक रुपमै ‘विशेष महाधिवेशन पक्षले आह्वान गरेको महाधिवेशनमा सहभागी नहुन’ अपिल जारी गरेका छन् । 

सामान्यतया, चौधौं महाधिवेशनबाट निर्वाचित नेतृत्वले नै पन्ध्रौं महाधिवेशन गर्नुपर्ने हो । तर, चौधौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विशेष महाधिवेशनबाट अपदस्थ भयो । र, विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व संस्थापन अनि विस्थापित नेतृत्व इतरपक्षमा परिणत भयो ।

पार्टी संस्थापनले महाधिवेशन प्रक्रिया अगाडि बढाइरहँदा इतरपक्षले पनि ‘काउन्टर’ महाधिवेशन तालिका सार्वजनिक गरिसकेको छ । संयोग यस्तो छ– संस्थापनले आयोजना गर्ने महाधिवेशन १६ असोजमा खुलामञ्चमा उद्घाटन हुने छ, त्यसको ठीक एक दिनअघि असोज १५ मा देउवा पक्षले वडा अधिवेशन गर्ने छ ।

गगनलाई पूर्णबहादुरको साथ

गत साता बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले ‘वडा अधिवेशनमा सहभागी हुने चोधौं महाधिवेशनबाट बनेको केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यहरू स्वतः केन्द्रीय समिति सदस्यको हैसियतमा महाधिवेशनमा सहभागी हुने’ निर्णय गरेपछि निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का पक्षका करिव ३५ केन्द्रीय सदस्यहरू वडा अधिवेशनमा सहभागी हुने भएका छन् ।

चौधौं महाधिवेशनबाट बनेको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूलाई विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिमा समेट्नुपर्ने र क्रियाशील सदस्यता अद्यावधिक गर्नु नपर्ने निर्णय संस्थापनले गरेपछि आफ्ना सबै माग पूरा भएको खड्का पक्षको निष्कर्ष छ । सोहीअनुसार, चुनदेवी कार्यालयमा मुकाम जमाएका अधिकांश नेताहरू असोज ३ र ४ गतेको वडा अधिवेशनमा सहभागी हुने छन् ।

इतरपक्षका प्रचार समिति प्रमुख मीन विश्वकर्माले ‘आफूहरूले उठाएको विषय सम्बोधन भएको र पार्टीलाई एकताबद्ध बनाउन आफूहरू महाधिवेशनमा सहभागी हुने’ निष्कर्षमा पुगेको बताए । उनको भनाइ छ– ‘पार्टीको एकता मुख्य विषय हो, एकताका लागि हामीले राखेका शर्त पुरा भएपछि महाधिवेशनमा सहभागी हुन्छौँ।’

खड्का पक्षधर नेताहरू महाधिवेशनमा सहभागी हुने भएपछि देउवा समूह कमजोर बनेको छ । देउवासहित इतरपक्षको महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, एनपी साउद र प्रकाशशरण महत लगायत नेताहरू महाधिवेशनमा सहभागी हुने छैनन् । उनीहरू महाधिवेशनमा सहभागी नभए पनि उनीहरूको जिल्लामा भने वडा, पालिका र क्षेत्रीय अधिवेशन हुने छ । 

पाँच जिल्लामा कार्यबाहक सभापतिलाई जिम्मा

असोज ३ मा सुरु हुने वडा अधिवेशन गर्न प्रक्रिया अघि नबढाउने पाँच जिल्लामा कांग्रेसले कार्यबाहक सभापति तोकेको छ ।

कैलाली, कञ्चनपुर, डोटी, मुगु र बागलुङमा कार्यबाहक सभापति तोकिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । अब ती जिल्लामा उपसभापतिले महाधिवेशन प्रक्रिया अगाडि बढाउने छन् । यसअघि देउवा समूहमै खुलेका बझाङ, डडेल्धुरा र भक्तपुरका जिल्ला सभापतिहरू भने वडा अधिवेशन सुरु गर्न तयार भएका छन् । 

शेखर समूह दुवै अधिवेशनमा नजाने

संस्थापन र देउवा समूहले छुट्टा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहँदा चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका नेता डा. शेखर कोइराला भने कुनै पनि महाधिवेशनमा सहभागी नहुने भएका छन् । उनीसँगै उनको पक्षमा रहेका केही नेताहरू पनि दुवै खेमाको महाधिवेशनमा सहभागी हुने छैनन् ।

कोइरालाले हिजो नै आफू पक्षीय नेताहरूसँगको छलफलमा आफू एकताका लागि अझै प्रयास गरिरहने र कुनै पनि पक्षको महाधिवेशनमा सहभागी नहुने बताएका थिए ।

तर, कोइरालाले आफू पक्षीय नेताहरूलाई महाधिवेशन सहभागी हुन वा नहुन केही नभनेको निवर्तमान सहमहामन्त्री बद्रि पाण्डेले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

सिधाकुराका समाचार सम्पादक नारायण अर्याल साढे २ दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनीसँग हिमालय टाइम्स र गोरखापत्र दैनिक तथा नेपाल वान, च्यानल नेपाल, एभिन्युज, हिमालय, ग्यालेक्सी र कान्तिपुर टेलिभिजनमा समाचार सम्पादन तथा संयोजनको अनुभव छ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना

आज राति यी स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज राति र भोलि देशका अधिकांश भू–भागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित...
सरकारले भन्यो– विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउँछौं

सरकारले भन्यो– विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउँछौं

सरकारले संकटका बेला विदेशी कूटनीतिक समन्वयलाई प्रभावकारी बनाउन विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउने भएको छ।
चिलिमेमा चार र अप्पर त्रिशूलीमा  भेटिए पाँच शव

चिलिमेमा चार र अप्पर त्रिशूलीमा भेटिए पाँच शव

चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खनन्का क्रममा विद्युत् गृह क्षेत्रबाट आज तीन वटा सग्लो र एउटा मानव अङ्ग फेला परेको छ ।
मन्त्री चौधरीले किन गरिन् कोरला नाकाको स्थलगत निरीक्षण?

मन्त्री चौधरीले किन गरिन् कोरला नाकाको स्थलगत निरीक्षण?

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चीनसँगको सीमा जोडिएको कोरला नाकाको स्थलगत निरीक्षण गरेकी छन् ।