नेभिगेशन
समाज

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

धनगढी । कर्तव्य ज्यान मुद्दामा संलग्न भई १६ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ कटैपुरका ५८ वर्षीय प्रेमबहादुर शाही रहेका छन्। उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

Marvel
Extreme Energy

प्रहरीका अनुसार शाही २०६७ कात्तिक २८ गते भएको कर्तव्य ज्यानको घटनापछि फरार रहेका थिए। घटनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएका उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए।

पक्राउपछि शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ। उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।
एनपिएल क्रिकेटः कर्णालीमाथि काठमाडौँको जित

एनपिएल क्रिकेटः कर्णालीमाथि काठमाडौँको जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । काठमाडौँ पहिलो खेलमा जनकपुर...
झापाका भूमिहीनलाई लालपुर्जा वितरणमा भएको ढिलाइमा मन्त्री रावल असन्तुष्ट,  कामलाई तीव्रता दिन निर्देशन

झापाका भूमिहीनलाई लालपुर्जा वितरणमा भएको ढिलाइमा मन्त्री रावल असन्तुष्ट,  कामलाई तीव्रता दिन निर्देशन

सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत नीतिगत सुधार गरिसकेको उल्लेख गर्दै उनले कानुनी तथा नीतिगत व्यवस्थामा अझै केही अप्ठ्यारा भए सरकारले सहजीकरण गर्ने बताइन् । समस्या समाधानका लागि...