नेभिगेशन
समाज

भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा प्राधिकरणका भूगर्भविद्  डा. प्रकाश पोख्रेलले भोटेकोशी बाढीले पूर्णरुपमा क्षति पुगेका स्याफ्रुबेसी, बेत्रावतीदेखि त्रिशुलीसम्मका प्रभावितहरुलाई सोहि क्षेत्र आसपासमा स्थायी आवास निर्माणका लागि भौगोलिक अध्ययन गरिरहेको जानकारी दिए । 

Marvel
Extreme Energy

उनले बाढीको घटनापछि १६ वटा मोबिलाइजेसन टोली गठन गरी फोकल पर्सनहरू तोकेर खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू भइरहेको बताए । दुई वटा ल्याबमार्फत डिएनए सङ्कलन तथा प्रोफाइल तयार गर्ने काम भइरहेको भन्दै उनले १६ सय शवको डिएनएमध्ये हालसम्म १५० शवको पहिचान भइरहेको जानकारी दिए । एक महिनाभित्र डिएनएको सवै काम सम्पन्न हुने जानकारी प्राप्त भएको उनको भनाइ छ । 

उनले सडक, पुल र झोलुङ्गे पुलहरूको अस्थायी तथा वैकल्पिक मार्ग निर्माण र प्राविधिक परीक्षणको काम पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा भइरहेको उल्लेख गरे । 

vlcsnap-2026-11-02-16h31m57s192-1793616435.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरामा गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी

पोखरामा गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी

ग्यालरीमा भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक पृष्ठभूमि, योगदान, वीरता र बलिदानसँग सम्बन्धित अभिलेख, तस्बिर, पोशाकलगायत सामग्री राखिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले...
रमाइलाे गर्न पड्काउने पटाकाले बढाउँछ प्रदूषण

रमाइलाे गर्न पड्काउने पटाकाले बढाउँछ प्रदूषण

तिहार सुरु भएदेखि नै पटाका पड्किने क्रम बढेको छ । विशेषगरी रातको समयमा हुने पटाकाको चर्को आवाजले टोलबस्तीको शान्त वातावरणलाई बिथोलिरहेको छ ।
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा,...
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने भन्दै उक्त स्थान बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईले सम्पूर्ण नगरवासीलाई...