नेभिगेशन
समाज

एनपिएल क्रिकेटः कर्णालीमाथि काठमाडौँको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)  क्रिकेटमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । काठमाडौँ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

Marvel
Extreme Energy

यता कर्णालीको भने लगातार दोस्रो जित पछिको यो पहिलो हार हो । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो भने दोस्रो खेलमा विराटनगर किङ्ग्समाथि चार विकेटको जित निकालेको थियो । 

आज कर्णाली याक्सले जितका लागि दिएको १८१ रनको लक्ष्य पच्छाएको काठमाडौँले १९ दशमलव चार ओभरमा छ विकेट गुमाउँदै पूरा गर्‍यो । काठमाडौँका लागि राशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा सर्वाधिक ५० रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । 

त्यसैगरी कप्तान करण केसीले पनि आक्रामक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे । उनले चार चौका र तीन छक्का प्रहार गरे । जाहन्दाद खानले अविजित २२ रन बनाए भने मोहम्मद आदिल आलमले २० रनको योगदान दिए ।

यता बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसेन तलातले समान दुईरदुई विकेट लिए भने मार्क वाट र नन्दन यादवले समान एकरएक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो । कर्णालीका लागि अरिफूल इस्लामले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै हुसेन तलातले ३० बलमा ४० रन जोड्दा पवन सर्राफले अविजित ३० रन बनाए । गुल्शन झाले २० तथा मार्क वाटले १७ रनको योगदान दिए ।

काठमाडौँका लागि करण केसीले दुई विकेट लिए भने शाहब आलम, जाहन्दाद खान, देव शाह र सन्तोष यादवले समान एकरएक विकेट हात पारे । सोही स्थानमा आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइटियु महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री तिमिल्सिना

आइटियु महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)को महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रहेको बताएका छन्।
ह्वात्तै घट्यो सुनचाँदीको भाउ

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।
बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं–हेटौंडा सडकमार्गमा भएको पछिल्लो दुर्घटनामा एउटै गाउँका १४ जनाको मृत्यु र ६ जना घाइते भएको घटनालाई राज्यको लापरबाहीको परिणाम भन्दै सडक सुरक्षामा गम्भीर हुन...
सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्।