नेभिगेशन
समाज

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौँको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यालयका अनुसार सोमबार बिहान काठमाडौँ महानगरपालिका-७ स्थित चावहिल ओरालोमा गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ आउँदै गरेको बाप्र ०२-०५३-१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो ।

Marvel
Extreme Energy

बसको ठक्करबाट मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते हुनुभएकामा उनलाई उपचारका लागि चावहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको अहिले मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। दुर्घटनामा संलग्न बस र चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले नियन्त्रणमा लिई अनुसन्धान थालिएकने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जापानका लागि राजदूत सिफारिस भएका जिज्ञान कुमार थापाले फिर्ता लिए नाम

जापानका लागि राजदूत सिफारिस भएका जिज्ञान कुमार थापाले फिर्ता लिए नाम

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार जापानका लागि राजदूतमा सिफारिस भएका थापाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको थियो । तर, जापानसँग जोडिएका स्वार्थ बाझिन सक्ने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) विषयमा थप...
भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

उनले बाढीको घटनापछि १६ वटा मोबिलाइजेसन टोली गठन गरी फोकल पर्सनहरू तोकेर खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू भइरहेको बताए । दुई वटा ल्याबमार्फत डिएनए सङ्कलन तथा प्रोफाइल...
फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिकाको दक्षिणी फ्लोरिडामा आइतबार लियरजेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। दुर्घटनास्थल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा पर्छ।