नेभिगेशन
समाज

सर्वोच्चको फूलकोर्टले गरेका यी पाँच निर्णय

काठमाडौं । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार बसेको पूर्ण (फूलकोर्ट) बैठकले सार्वजनिक भएका विषयमा पूर्वाग्रहबिना निष्पक्ष र स्वतन्त्र ढंगले संविधान तथा कानुनअनुसार छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Marvel
Extreme Energy

पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चता तथा कानुनको शासनप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको उल्लेख गर्दै यसमा अडिग रहेको जनाएको छ।

सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा संविधान र कानुनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा कानुनअनुसार निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न र सहयोग गर्न प्रतिबद्ध रहेको पनि बैठकले बताएको छ।

न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन गर्दा आम जनता तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर नपर्ने कुरामा ध्यान दिन बैठकले आग्रह गरेको छ। 
त्यस्तै, छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

त्यस्तै, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतमा कार्यरत न्यायकर्मीहरूलाई आग्रह गरिएको प्रवक्ता तथा सह–रजिस्ट्रार डा. अशोककुमार क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

875117215_1372140448128115_2750552949619224874_n-1793608173.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपक्षी दलहरूको बैठकले केके गर्‍यो निर्णय ?

विपक्षी दलहरूको बैठकले केके गर्‍यो निर्णय ?

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्। पत्रकारमाथि धरपकड, सरकारसँग बिचौलियाको सम्बन्ध जोडिएका सार्वजनिक आरोप र न्यायाधीशमाथि महाभियोगको तयारीलगायत विषयमा छलफल गर्न...
बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र परेपछि दुवै आयोजनाको ठेक्का रद्द गरिएको छ।
एलपी ग्यास उद्योगहरूलाई गाभ्ने प्रक्रिया अघि बढ्यो

एलपी ग्यास उद्योगहरूलाई गाभ्ने प्रक्रिया अघि बढ्यो

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने...
करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

आज आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार रु १० लाख पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको...