नेभिगेशन
समाज

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

एजेन्सी। अमेरिकाको दक्षिणी फ्लोरिडामा आइतबार लियरजेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। दुर्घटनास्थल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा पर्छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी यातायात सचिव सिन डफीले पाम बिच काउन्टीमा भएको दुर्घटनामा विमानमा सवार सबै नौ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार लियरजेट ६० विमान टेक्सासको अस्टिनबाट बहामासतर्फ उडेको थियो।

Marvel
Extreme Energy

पाम बिच काउन्टीको क्रेस्टहेभननजिकै विमान व्यस्त सडकछेउमा खसेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका अप्रमाणित दृश्यमा विमान तीव्र गतिमा जमिनमा ठोक्किएपछि ठूलो आगोको मुस्लो उठेको देखिन्छ।

फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले घटनालाई विनाशकारी विमान दुर्घटनाको संज्ञा दिएका छन्। उनले दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्ति घाइते भएको खबर नआएको बताएका छन्।

दुर्घटनाका बेला राष्ट्रपति ट्रम्प मार–ए–लागोमै थिए। उनी दुर्घटनास्थलनजिकै रहेको राष्ट्रपति डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः५५ बजे एयर फोर्स वन चढेर प्रस्थान गरेका थिए। विमान दुर्घटना हुनुभन्दा करिब एक घण्टाअघि नै उनले यात्रा सुरु गरेको जनाइएको छ।

पाम बिच काउन्टीका आयुक्त जोएल फ्लोरेसका अनुसार विमान मोबाइल घरहरूको बस्तीको प्रवेशद्वारनजिकै खसेको थियो। दुर्घटनापछि त्यहाँका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाबारे अनुसन्धान गर्ने जनाएका छन्। दुर्घटनाअघि उक्त क्षेत्रमा आँधीबेहरी आएको बताइएको छ।

उडान निगरानीसम्बन्धी वेबसाइट लाइभएटीसी डट नेटमा सार्वजनिक हवाई सञ्चारको अभिलेखअनुसार चालकदलले विमानमा मध्यम हावाको अशान्ति र बरफ जम्ने समस्या रहेको जानकारी दिएको थियो। विमान वर्षायुक्त क्षेत्रमा प्रवेश गरिरहेको र उचाइ बढाउनुपर्ने बताएपछि केही समयमै चालकदलले ‘मेडे’ भन्दै आपत्कालीन सङ्केत दिएको सुनिन्छ।

अभिलेखअनुसार विमान प्रतिमिनेट १० हजार फिटको गतिमा तल झरिरहेको जानकारी दिइएको थियो। त्यसको केही सेकेन्डपछि झर्ने गति प्रतिमिनेट २० हजार फिट पुगेको उल्लेख गर्दै चालकदलले आपत्कालीन अवस्था घोषणा गरेको सुनिन्छ। सम्पर्क टुट्नुअघि चालकदलका एक सदस्यले विमान जमिनतर्फ खसिरहेको बताएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका...
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ। भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात...
विपक्षी दलहरूको बैठकले केके गर्‍यो निर्णय ?

विपक्षी दलहरूको बैठकले केके गर्‍यो निर्णय ?

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्। पत्रकारमाथि धरपकड, सरकारसँग बिचौलियाको सम्बन्ध जोडिएका सार्वजनिक आरोप र न्यायाधीशमाथि महाभियोगको तयारीलगायत विषयमा छलफल गर्न...