नेभिगेशन
समाज

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

एजेन्सी। एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ। भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात सोमबार मध्यरात वा मङ्गलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम विभागका अनुसार चक्रवातले दक्षिणी आन्ध्र प्रदेशको तट पार गर्दा प्रतिघण्टा १०० देखि ११० किलोमिटर र अधिकतम १२० किलोमिटरसम्मको गतिमा हावा चल्न सक्छ। आँधी नेल्लोर र नरसापुरबीच, ओङ्गोल सहरनजिकै तटमा प्रवेश गर्ने अनुमान गरिएको छ।

Marvel
Extreme Energy

मुरासु अघिल्लो चक्रवातभन्दा कमजोर हुने अपेक्षा गरिए पनि यसले पहिले नै प्रभावित क्षेत्रमा थप भारी वर्षा गराउन सक्ने जनाइएको छ। गत बुधबार आएको ‘अर्नब’ चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्रमा भारी वर्षा गराउँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो।

मौसम विभागले तीव्र हावाले कमजोर घरमा क्षति पुर्‍याउन, छाना उडाउन र रूख ढाल्न सक्ने चेतावनी दिएको छ। यसबाट खेतमा रहेका बाली, फलफूलका बगैँचा तथा अन्य कृषि उत्पादनमा समेत क्षति पुग्न सक्छ।

बङ्गालको खाडी र उत्तरी हिन्द महासागर क्षेत्रमा चक्रवात नियमित जोखिमका रूपमा रहने गरेका छन्। उत्तरी अटलान्टिकमा यस्ता आँधीलाई हरिकेन र प्रशान्त महासागरमा टाइफुन भनिन्छ। एएफपीका अनुसार पछिल्लो चक्रवातको प्रभावबाट भारतको पूर्वी तटीय क्षेत्रका बासिन्दा फेरि प्रभावित हुन सक्ने देखिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका...
फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिकाको दक्षिणी फ्लोरिडामा आइतबार लियरजेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। दुर्घटनास्थल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा पर्छ।
विपक्षी दलहरूको बैठकले केके गर्‍यो निर्णय ?

विपक्षी दलहरूको बैठकले केके गर्‍यो निर्णय ?

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्। पत्रकारमाथि धरपकड, सरकारसँग बिचौलियाको सम्बन्ध जोडिएका सार्वजनिक आरोप र न्यायाधीशमाथि महाभियोगको तयारीलगायत विषयमा छलफल गर्न...