नेभिगेशन
समाज

जापानका लागि राजदूत सिफारिस भएका जिज्ञान कुमार थापाले फिर्ता लिए नाम

काठमाडौँ । जापानका लागि नेपाली राजदूतमा सिफारिस भएका जिज्ञान कुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिमा थापाले सोमबार नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थापाले संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गर्दै पत्र पठाएर जापानका लागि नेपालको राजदूत पदको जारी सुनुवाइ प्रक्रियाबाट सम्मानपूर्वक आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका छन् ।

Marvel
Extreme Energy

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार जापानका लागि राजदूतमा सिफारिस भएका थापाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको थियो । तर, जापानसँग जोडिएका स्वार्थ बाझिन सक्ने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) विषयमा थप अध्ययन र स्पष्टता आवश्यक रहेको भन्दै समितिमा उनको सुनुवाइ प्रक्रिया होल्ड गरिएको थियो । 

थापाले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, संसदीय गरिमा तथा नेपाल सरकारको मर्म र भावनालाई उच्च कदर गर्दै नाम फिर्ता लिने निर्णय गरेको बताएका छन् । ‘कुनै पनि पदभन्दा राष्ट्रिय हित, नैतिक निष्ठा र पारदर्शिता माथि हुन्छ भन्ने मेरो दृढ विश्वास रहेको छ,’ उनले पत्रमा भनेका छन् ।

उनले देश र जनताको सेवाका लागि पद नै अन्तिम माध्यम नभएको उल्लेख गर्दै आगामी दिनमा नेपाल सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी पनि निष्ठापूर्वक बहन गर्न तयार रहेको बताएका छन् ।

आफ्नो नाम राजदूत पदमा सिफारिस गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै उनले संसदीय सुनुवाइ प्रक्रियाका क्रममा सहयोग गर्ने समितिका सभापति तथा सदस्यहरूलाई पनि धन्यवाद दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।
एनपिएल क्रिकेटः कर्णालीमाथि काठमाडौँको जित

एनपिएल क्रिकेटः कर्णालीमाथि काठमाडौँको जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । काठमाडौँ पहिलो खेलमा जनकपुर...
झापाका भूमिहीनलाई लालपुर्जा वितरणमा भएको ढिलाइमा मन्त्री रावल असन्तुष्ट,  कामलाई तीव्रता दिन निर्देशन

झापाका भूमिहीनलाई लालपुर्जा वितरणमा भएको ढिलाइमा मन्त्री रावल असन्तुष्ट,  कामलाई तीव्रता दिन निर्देशन

सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत नीतिगत सुधार गरिसकेको उल्लेख गर्दै उनले कानुनी तथा नीतिगत व्यवस्थामा अझै केही अप्ठ्यारा भए सरकारले सहजीकरण गर्ने बताइन् । समस्या समाधानका लागि...