नेभिगेशन
समाज

मन्त्रिपरिषद्ले के के गर्यो निर्णय ?

काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा भएको दमन तथा क्षति जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिसका आधारमा सुरक्षा संयन्त्रका पदाधिकारीलाई गरिने कारबाहीबारे अध्ययन गर्न बनेको समितिको म्याद ४५ दिन थप गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सो समितिको म्याद ४५ दिन थप्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजकै बैठकले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डिआईजी) अन्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

Ncell
Extreme Energy

सरकारले आजै भूमि समसया समाधान समितिमा अध्यक्ष र तीन सदस्य नियुक्त गरेको छ । भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला र सदस्यहरुमा काठमाडौँका अभिप्रसाद न्यौपाने, लमजुङका पद्मनिधि सोती र काठमाडौँका डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।