नेभिगेशन
समाज

बाचा गरे अनुरुप नै करहरुको बोझ घटाउने गरी कदम चालिएको होः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले स्रोत, समय र अपेक्षाको चापका बीचमा आएको बजेटबाट अर्थतन्त्रमा ठूलो सुधार गर्ने अपेक्षा गरिएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट छलफलमा अर्थमन्त्री वाग्लेले दशकौंदेखि थाँती रहेका समस्याहरु एउटै बजेटले पूर्ण रुपमा समाधान गर्न नसकेपनि अर्थतन्त्रमा ठूलो सुधार गर्ने अपेक्षा गरिएको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले धेरै करको दायरा संरचनाहरु हेरफेर गरिएको भन्दै समग्र करहरुको बोझ घटाउने गरि आवश्यक कदम चालिएको धारणा व्यक्त गरेका थिए । मन्त्री वाग्लेले  निश्चित समयलाई आन्तरिक उत्पादनलाई संरक्षण गर्नको लागि केहि क्षेत्रमा कर लगाइएको बताए।

Ncell
Extreme Energy

आन्तरिक उत्पादनलाई संरक्षण गर्नु सरकारको दायित्व भएकाले केहि सुधारात्मक नीतिगत व्यवस्था गरिएको समेत उनले बताए। मन्त्री वाग्लेले सुशासनको जगमा बनेको सरकारले ईमानदारीपूर्वक काम गर्न खाजेको धारणा समेत राखेका थिए।

यसपटक २६० अर्ब जतिको विदेशी ऋण र ४१० अर्बको स्वदेशी ऋण भनेपनि त्यसको ठूलो अंश पुरानो ऋण तिर्नमा नै जाने उनको भनाइ छ । उनले समग्र आकारकै कुरामा असाध्यै संयमित र अनुशासित भएर ठूलो जिम्मेवारीबोधका साथ बजेट बनाइएको धारणा व्यक्त गरे।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले दशकौंदेखि अर्थतन्त्र संरक्षण, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्रमा अल्झिएको अवस्थालाई बजेटले चिर्ने काम गरेको बताए । बजेटले परम्परागत खर्च बाँडफाँटभन्दा माथि उठेर संरचनागत र कानुनी सुधारको महत्वाकांक्षा देखाएको उनले बताए।

त्यस्तै श्रेष्ठले पुराना, परस्पर बाझिने र व्यवसायलाई निरुत्साहित गर्ने कानुनको सुधारका लागि सरकारले गरेको प्रयास निकै सकारात्मक रहेको समेत उल्लेख गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ । सूचना पहिलोपटक...
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।