नेभिगेशन
समाज

परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणमा भएका तीन घोषणा

काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस.जयशंकरबीच भएको भेटवार्तापछि तीन बुँदे घोषणा जारी गरिएको छ। 

खनाल र जयशंकरबीच भएको भेटवाताका क्रममा व्यापार र आर्थिक सहयोगका विषयमा छलफल भएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, सीमापार सम्पर्क, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदमार्फत दुवै देशका जनताबीच सम्बन्धको प्रवद्र्धन गर्ने लगायतका विषयमा पनि छलफल भएको जनाएको छ। 

Ncell
Extreme Energy

द्विपक्षीय छलफलपछि तीन बुँदे घोषणा जारी गरिएको हो। खनालसँगको फलदायी बैठकको निरन्तरता स्वरुप घोषणा गरिएको भारतले जनाएको छ। 

तीन बुँदे घोषणाको पहिलो बुँदामा भारतले नेपालमा निर्माण गरेका संरचना हस्तान्तरण गरिएको छ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारतले ७२ वटा स्वास्थ्य संस्था र १२ वटा साँस्कृतिक सम्पदा परियोजना निर्मण गरेको थियो। नयाँ दिल्लीमा भर्चुअल माध्यमबाट हस्तान्तरण गरिएको छ। 

दोस्रोमा सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन बनाउने सहमति भएको छ। यसमा भारतको यूपीआई र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेसबीच आबद्धता संयुक्त रूपमा सुरुवात गरिएको छ।

तेस्रोमा भारतको भारतको डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच समझदारी पत्र आदानप्रदान भएको छ। नेपालका लागि भोइस फस्ट भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न समझदारी पत्र आदानप्रदानको गरिएको हो। जसमा दुवै देशका विदेशमन्त्री साक्षी बनेका छन्। 
खनाल आज स्वदेश फर्किँदै छन् । 

HKJHL4DaQAAAoST-1780817000.jpeg
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ । सूचना पहिलोपटक...
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।