नेभिगेशन
समाज

रवि–बालेनले फिर्ता पाएको विपीबाट खोसिएको सुनौलो अवसर !

काठमाडौँ । सन् १९५९ मा ली कुआन येउ सिंङ्गापुरको प्रधानमन्त्री बने । यही समय नेपालमा भने पहिलो आम निर्वाचन चल्दै थियो । 

पूर्ण स्वायत्तसमेत नभएको समुन्द्री बन्दरगाहको एउटा गरिब टापुका प्रधानमन्त्री बनेका थिए ली कुआन येउ । जसको परिचय थियो बालुवा भरिएको तेस्रो विश्वको एउटा समुन्द्री टापु । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठिक यसै समय नेपालमा विपी कोइराला दुई तिहाई मतसहित प्रधानमन्त्री भए । ३१ वर्ष सिंङ्गापुरको शासन सम्हालेका लिले सिङ्गापुरलाई तेस्रो विश्वबाट पहिलो विश्वको श्रेणिमा उभ्याए ।   

Everest cinsult

चार सय डलर हाराहारी रहेको प्रतिव्यक्ति आयलाई ११ हजार डलरमा पुर्याए । माछा मार्ने गरिबहरुको टापुलाई धनाढाय र समुन्नत मानिसहरु बस्ने संसारकै लोकप्रिय आर्थिक नगरीको रुपमा विकास गरे । मुलुकको प्रधानमन्त्रीको हैसियतबाट ली कुआन येउले सन् १९९० मा राजीनामा दिए ।

राजनीतिक स्थिरताको जगमा उनले ३१ वर्षमा सिंङ्गापुरमा जे गरे । त्यही गर्ने अवसर दिएका थिए जनातले नेपाली काँग्रेस र विपी कोइरालालाई २०१६ सालमा । नेपालको पहिलो आमनिर्वाचन २०१५ बाट दुई तिहाई बहुमतसहित वीपी कोइरालाले २०१६ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रुपमा शपथ लिएका थिए । 

२००७ सालको क्रान्तिको पृष्ठभूमिमा नेपाली कांग्रेसले १ सय ९ मध्ये ७४ सीट जितेर दुई तिहाईको सरकार बनाएको थियो । वीपी प्रधानमन्त्री हुँदा बिर्ता उन्मुलन, असलंग्न परराष्ट्र नीति, प्राथमिक शिक्षा निशुल्क, त्रिभुवन विश्वविद्यालय स्थापना लगायतका महत्वपूर्ण कामको सुरुआत भएको थियो ।

तर, तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री वीपी बीचको व्यक्तित्व टकरावका कारण सरकार लामो समय टिक्न सकेन । वि.सं.२०१६ साल जेठ १३ गते प्रधामन्त्री बनेका वीपी र उनको सरकार २०१७ साल पुस १ गते शाही घोषणाबाट राजा महेन्द्रले प्रत्यक्ष शासन गरेपछि कुल १९ महिनामा अपदस्त भयो ।

महेन्द्र र वीपीबीचको टकरावका कारण दुईतिहाई जनमत खण्डित हुनपुग्यो । मुलुकले महत्वपूर्ण अवसर गुमायो । संसारले विकासमा ३६० डिग्रीको कोल्टे फेरेको बितेका ६६ वर्षमा नेपाल भने संधै राजनीतिक संक्रमण र अस्थिरता गहिरो खाडलमा फस्यो । तर यो ६६ वर्षमा सिंगापुर कहाँबाट कहाँ पुुग्यो । 

वीपी प्रधानमन्त्री बनेको ६६ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उस्तै जनमतसहित सरकार सञ्चालन गर्ने अवसर पाउँदैछ । र देशको अवस्था झण्डै झण्डै १९५९ को सिङ्गापुरको जस्तै छ । कतिपय विद्धानहरुले विपीबाट खोसिएको त्यो सुनौलो अबसर अहिले रवि र बालेनले प्राप्त गरेको भनिरहेका छन् । 

रास्वपाकै उपभापति डा. स्वर्णिम वाग्लेकै भनाई सापट लिएर भन्ने हो भने उनका सभापति रवि लामिछानेको हुुटहुुटी ठिक त्यो बेलाको विपीको जस्तै छ । के त्यो बेला विपीले गुमाएको समय फिर्ता पाएको रास्वपा र रवि बालेनले यो अभुतपूर्व मतमार्फत देशको काँचुुली फेर्लान ? अहिलेको आधुुनिक सिङ्गापुर जस्तै नेपाल पनि विकसित होला । आज हामी यो अभुतपूर्व जनमत र रवि बालेनले फिर्ता पाएको विपीबाट खोसिएको यही समय, अवसर र सम्भावनाकाबारे विश्लेषण गर्दैछौँ । 

फागुन २१ गते सम्पन्न निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले करिब २ तिहाई जनमत हासिल गरेको छ । प्रतिनिधिसभाका २ सय ७५ सीटमध्ये रास्वपाले १ सय ८२ सीटमा जित हासिल गरेको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनको सहकार्यलाई जनताले अनुमोदन गरेकै कारण अब बालेन मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्री बन्दैछन् ।

२०१५ सालमा दुई तिहाई ल्याउँदा वीपीसँग ३८ प्रतिशत लोकप्रिय मतको तागत थियो । यतिबेला दुई तिहाईका लागि रास्वपालाई २ सीट पुगेको छैन तर ४८ प्रतिशत लोकप्रिय मतको उसको सबैभन्दा ठूलो तागत हो । वीपीले पाएको अवसर ६६ वर्षपछि बालेनले पाउँदैछन् । यो अवसरको सदुपयोगले समृद्ध नेपाल बन्ने अपेक्षा नागरिकले गरेका छन् । 

संसदीय राजनीतिमा बहुमत वा दुई तिहाई समर्थनको विशेष अर्थ हुन्छ । जनताले जब कसैप्रति बढी विश्वास गर्छन्, तब जनमत पनि गज्जबले दिन्छन् । त्यसैले त रास्वपालाई प्रत्यक्षतर्फ ७५ प्रतिशत सीटमा जिताइदिए । समानुपातिकमा ४८ प्रतिशतभन्दा बढी अर्थात ५१ लाख ८३ हजार ४ सय ९३ मत दिए । 

यो अवसरको मात्रै मत होइन, आशाको मत हो । जनताले आशा गरेका छन् कि देशमा व्याप्त भ्रष्टाचार अन्त्यको अगुवाई रवि बालेनले गर्नेछन् । सुशासनको जग रवि बालेनले बसाल्नेछन् । विकास निर्माणको अग्रसरता रवि बालेनले लिनेछन् । शिक्षा र स्वास्थ्यमा जनताको पहुँच रवि बालेनले सुनिश्चित गर्नेछन् । समग्रमा जनताले आशा गरेका छन् कि देशको मुहार रवि बालेनले फेर्नेछन् । 

नेपालमा बितेको ७५ वर्षमा कुनैपनि सरकारले ५ वर्ष पूरा अवधि काम गर्न पाएन । पछिल्लो ३४ वर्षमा २५ वटा सरकार बने र ढले । त्यसैले जनताले ५ वर्ष टिक्नसक्ने गरी, कसैले ढाल्न नसक्ने गरी, काम गर्न बाधा नहुनेगरी रास्वपालाई बहुमत दिएका छन् ।

परम्परागत राजनीतिक दलको विकृतिविरुद्ध स्थापना भएको ३ वर्षमै रवि लामिछाने नेतृत्वको पार्टीलाई जनताले गरेको विश्वास अब काममा परिणत हुनुपर्नेछ । प्रधानमन्त्रीका रुपमा बालेन्द्र शाहले अनि देशकै सबैभन्दा ठूलो पार्टीको सभापतिका रुपमा रवि लामिछानेले अबको ५ वर्ष जनतालाई डेलिभरी दिनुपर्नेछ । राजनीतिक सिण्डिकेटका आधारमा सरकारी स्रोतको दोहन गर्ने र जनतालाई सुविधा नदिने प्रवृत्तिका विरुद्ध रास्वपाले बहुमत पाएको हो ।

नेतासँग सम्बन्धका आधारमा ठेक्का लिने तर बजेट पचाएर विकास निर्माणको काम अलपत्र पार्ने प्रवृत्तिलाई ठेगान लगाउन जनताले रवि बालेनलाई जिम्मा दिएका हुन् । राजनीतक छाता ओढेपछि जस्तोसुकै अपराध र भ्रष्टाचारमा संलग्न भएपनि उन्मुक्ति पाउने प्रचलनको अन्त्य गर्न अनि सुशासनको प्रत्याभूति गराउन जनताले रास्वपालाई मत दिएका हुन् । यी सबै जनताका अपेक्षा बुझेर रवि बालेनले काम गर्नुपर्ने छ । अन्यथा रवि लामिछानेकै भनाईजस्तै पुराना दललाई ३५ वर्ष कुरेका जनताले रास्वपालाई ३५ दिन पनि नकुर्ने परिस्थिति बन्न सक्छ । 

आफैभित्रको सुगन्ध पहिल्याउन नसकेर भौतारिरहेको कस्तुरी झै आफ्ना सैयौ सम्भावनालाई नचिनेर नेपाल अल्मलिरहेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश, विश्वशान्तिका अग्रदूत भगवान बुद्धको देश, भगवान पशुपति नाथको देश, प्राकृतिक सौन्दर्यले भरिएको र अथाह पर्यटकीय सम्भावना बोकेको देश ।

अब बन्ने सरकारले नेपालको पर्यटनलाई विश्वस्तरीय बनाउनुपर्नेछ । वर्षेनी करोडौ पर्यटक नेपाल आउने बनाउनुछ । जसले यो देशको समृद्धिलाई छोटो समयमै सुनिश्चित गर्नेछ । 

इतिहास सधै फर्कदैन । २०१५ सालमै वीपीलाई बहुमत दिएर देश बनाउने संकल्प नेपालीले गरेकै थिए । यसपटक इतिहास फर्किएको छ । जनताले अपार समर्थन गरेर देश बनाउने जिम्मा रवि बालेनलाई दिएका छ । हिजो जेसुकै कारणले देश नबनेको भए पनि अब यो अवसर खेर फाल्नुहुँदैन । 

जलस्रोतमा धनी कहलिए पनि वर्षौसम्म लोडसेडिङको अध्यारोमा नेपाल रहनुपर्यो । अहिले लोडसेडिङमात्रै हटेको छ, वैकल्पिक ऊर्जाका रुपमा विद्युतको प्रयोग प्रबर्धन भएको छैन । हिउँदमा अझैपनि विद्युत खरीद गर्नुपर्ने बाध्यता छ । रवि बालेनको सहकार्यले अब नेपालको विद्युत उत्पादनलाई गति दिन जरुरी छ । विश्वलाई बिजुली बेचेर चम्कीरहेको नेपाल बनाउनु छ । वाचापत्रले भनेझै अबको दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गराउनुपर्नेछ । 

वर्षौसम्म नेपाली युवाहरु विदेशमा बसेर रेमिट्यान्स पठाउने क्रम चलिरह्यो । यस्तो क्रमले देशको ढुकुटी भरिएको त देखियो तर त्यो राजस्वले देश बनाउन सकेन । तीनै युवालाई स्वदेशमा फर्कने वातावरण बनाउन सकेन । ज्ञान हासिल गर्न र प्रविधि बुझ्न विदेशमात्रै होइन, ब्रह्माण्डभर नेपालीहरु फैलनु राम्रो हो तर दुई छाक खान लाउनकै लागि विदेशिनुपर्ने बाध्यता रोक्नुपर्नेछ । 

कृषि र उद्यमशीलतालाई प्रबर्धन गरेर युवालाई स्वदेशमै अवसर दिनुछ । जनताले यो कामको आशा पनि रवि बालेनबाटै गरेका छन् । नेपालसँगै राजनीतिक स्वतन्त्रता हासिल गरेका देशहरुले समृद्ध देशको सूचीमा आफूलाई उभ्याइसकेका छन् । 

हामी भने सधै राजनीतिक संघर्ष र स्वार्थको घेरामा अल्मलिनुपर्यो । अव विकृत राजनीतिको अन्त्य गर्दै जनताको हितमा उभिने राजनीतिलाई प्रबर्धन गर्नुपर्ने छ । जनताले यो काम पनि रास्वपाबाटै होस भन्ने चाहेका छन् ।रास्वपाले आफ्ना निर्वाचित सांसदहरुलाई व्यवस्थित प्रशिक्षण दिएर जनताको यो अपेक्षा बुझाउने सकरात्मक प्रयास गरेकै छ । यसमा खरो उत्रने दायित्व रास्वपाका ती सांसद र तमाम कार्यकर्ताहरुको हुनेछ । 

औसत नेपालीको आम्दानीको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यमै खर्च भएको छ । जबकी संसारभर लोककल्याणकारी राज्यहरुले नागरिकको गुणस्तरीय शिक्षा र स्वास्थ्यको निशुल्क प्रबन्ध गरेका हुन्छ । यसपटकको निर्वाचन अभियानमा रवि र बालेनले भनेझै पैसा नभएकाहरुले पनि गुणस्तरीय शिक्षा र निशुल्क उपचार पाउने व्यवस्था गर्नुपर्नेछ । जनताले रवि बालेनको वाचा पत्याएर मतदान गरिसके, अब पालो कार्यान्वयनकै हो । 

यसपटक जनताले नेपालको समग्र क्षेत्रको सुधारको अगुवाई गर्ने जिम्मा रास्वपालाई दिएका छन् । यसको मतलब अरुलाई जिम्मेवारी नै छैन भन्ने होइन । सानो आकार दिएपछि जनताले कांग्रेस, एमाले र नेकपालाई पनि संसदमा स्थान दिएका छन् । विगतमा गरेका कमजोरीमा भूलसुधारको अवसर दिएका छन् । लोकतन्त्रमा प्रतिपक्ष कहिल्यै कमजोर हुँदैन । विगतको सत्ता राजनीतिको ह्याङ छाडेर रचनात्मक प्रतिपक्षको रुपमा कांग्रेस, एमाले र नेकपाले आफ्नो भूमिका निर्वाह गर्नैपर्छ । 

राजनीतिको परम्परागत गणित बिर्सेर बहुमतको सरकारलाई गुण र दोषका आधार समर्थन र खबरदारी गर्ने जिम्मेवारीमा कांग्रेस, एमाले, नेकपा देखि श्रम संस्कृति पार्टी र राप्रपासमेत खरो उत्रनुपर्छ  । आलोचकहरुले रास्वपालाई नयाँ देखेपनि जनताले रास्वपालाई परिपक्व मानेका छन् । आलोचकले रास्वपाको इतिहास नभएको भनेपछि जनताले इतिहास बनाउने अवसर रास्वपालाई दिएका छन् ।

सञ्चारकर्ममा रहँदा समाजका विकृतिप्रति खरो उत्रिएका रवि लामिछाने र पेशाले इञ्जिनियर भएर देशको इञ्जिनियरिङ गर्ने हुटहुटी राखेका बालेन दुवैलाई यसपटक अद्भूत अवसर प्राप्त छ । इतिहासमा वीपी कोइरालाले पाएको त्यो खवसर खेर जाँदा देशले यो दुर्दान्त व्यहोर्नुपर्यो । त्यसैले यसपटक बडो संयमता साथ जनमतको जिम्मेवारी छिचोल्दै रवि र बालेनले देश बनाउन पर्नेछ । देश बचाउनुपर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन यसरी बन्नेछन् रास्वपा दलको नेता अनि प्रधानमन्त्री

बालेन यसरी बन्नेछन् रास्वपा दलको नेता अनि प्रधानमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते दिउँसो ४ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । सांसद पदको शपथ लिएर रास्वपाका नेताहरु (केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु) केन्द्रीय...
रवि लामिछानेको अभियोग फिर्ता लिने निर्णयविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सी

रवि लामिछानेको अभियोग फिर्ता लिने निर्णयविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सी

सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णयविरुद्ध परेको रिटको सुनुवाई आज सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा भएको थियो ।
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

देशमा पेट्रोलियमा पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने  निकाय नेपाल आयल निगमले समस्या समाधानको प्रयासस्वरुप आधा सिलिन्डर ग्यास बजारमा पठाउन उद्योगीलाई निर्देशन दियो तर सहजै ग्यास नपाएको...
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

“संविधान, पार्टीको विधान र प्रतिज्ञापत्रमा आधारित रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्छौं,” उनले भने, “२०८२ देखि २०८७ सम्मको अवधि सुशासन, सेवा र विकासको गतिमा अगाडि जान राष्ट्रिय स्वतन्त्र पार्टीलाई...