नेभिगेशन
मुख्य समाचार
सिंहदरबारमा ६ दललाई कार्यालय

नेकपाको कार्यालय रास्वपालाई, रास्वपाको कार्यालय ३ पार्टीलाई

काठमाडौं । संघीय संसद् सचिवालयले राष्ट्रिय मान्यताप्राप्त ६ दललाई सिंहदरबारभित्रै संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यो अल्पकालीन व्यवस्थापन हो ।

दलहरूको सांसद संख्या र पदाधिकारीको आवश्यकताअनुसार कार्यालय व्यवस्थापन गरिएको सचिवालयको दाबी छ। सबैभन्दा ठूलो कक्ष रास्वपालाई दिइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि नेकपाका लागि छुट्याइएको सचिवालयको भवन नं २ को कार्यालय रास्वपालाई दिइएको छ। रास्वपाको नयाँ संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ । बैठक हलसँगै पदाधिकारीका लागि थप पाँच कक्षसमेत तयार पारिएको छ ।

Ncell
Extreme Energy

यसअघि रास्वपाले प्रयोग गर्दै आएको भवनमा भने नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका कार्यालय तयार पारिएको छ।


नेपाली कांग्रेस र नेकपा एमालेलाई भने साबिककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ । संसद्  सुरु हुने समयसम्म सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार भइसक्ने सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।