नेभिगेशन
समाज

रास्वपा शीर्ष नेताहरूले डेढ घण्टा के-के विषयमा छलफल गरे ?

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू नयाँ सरकार गठनको छलफलमा जुटेका छन् । आम निर्वाचन २०८२ बाट १८२ सिट जितेर संसद्को पहिलो दल बनेपछि रास्वपाका नेताहरू बिहीबार पहिलो पटक सरकार गठनका लागि एक ठाउँमा भेला भएका हुन् । 

काठमाडौँको एक होटलमा बिहीबार अपरान्ह पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डीपी अर्याल एवम् डा.स्वर्णिम वाग्ले सरकार गठनको छलफलमा जुटेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 सरकार बनाउने गृहकार्यमा जुटे रास्वपाका शीर्ष नेता

Ncell
Extreme Energy

साढे ४ बजेबाट सुरु भएको छलफल बेलुकी ६ बजे टुङ्गिएको स्रोतले सिधाकुरालाई बतायो । ‘हामीले करिब डेढ घण्टा छलफल गयौँ । चुनावी समीक्षा देखि नयाँ सरकार गठन र सुशासनको मुद्धाको सम्बोधन गर्ने खाकाबारे घनिभूत छलफल भयो,’ रास्वपाका ति उच्च नेताले सिधाकुरासँग भने,‘अब नियमित रुपमा शीर्षस्थ नेताहरू बसेर सरकारको प्रारूप तय गर्दै जानेछौँ ।’

ति नेताकाअनुसार बिहीबारको भेटमा मन्त्रिमण्डल गठन, त्यसको आकार, मन्त्रीका आकाङ्क्षीको व्यवस्थापन र पहिलो मन्त्रिपरिषद् बैठकको एजेण्डा लगायतका विषयमा पनि नेताहरू बीच छलफल भएको छ । 

आज मात्रै निर्वाचन आयोगले समानुपातिक ११० सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्दै आम निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको थियो । 

प्रतिवेदन बुझाएसँगै अब सरकार गठनको बाटो खुलेको छ । नेपालको संविधान २०७२ को धारा ७६ एक अनुसार अब राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्नेछन् । रास्वपाले १८२ सांसदसहित स्पष्ट रुपमा बहुमत प्राप्त गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण प्रभावित जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न आग्रह गरेका छन्।
नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोला पुलमाथि खसेको लेदोसहितको पहिरो हटाइएको छ।
पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड विभिन्न स्थानमा पहिरो र सडक भासिएपछि आज पनि पूर्ण रूपमा अवरुद्ध रहने भएको छ।
बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर कालीगण्डकी नदीमा बाढीले बगाएर क्षति पुगेको छ।