नेभिगेशन
समाज

मानव बेचबिखनसम्बन्धी विधेयकका संशोधनकर्तासँग छलफल गर्दै महिला समिति

काठमाडौँ । प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विहान १० बजे समितिको सभा हल सिंहदरबारमा बस्ने बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमा छलफल हुनेछ । 

Marvel
Extreme Energy

बैठकको कार्यसूचीमा 'समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ विधेयकको प्रस्तावनादेखि दफा ७ सम्मका दफाहरूमा संशोधनकर्ता सहित दफावार छलफल' भनेर राखिएको छ । 

ऐन पीडितमैत्री हुनुपर्नेमा सरोकारवालाको जोड 

समितिले बुधबार विधेयकको दफावार छलफलमा सरोकारवालाको सुझाव लिएको थियो । उनीहरुले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) विधेयक पीडित पक्षको पहुँच र हितमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । दफावार छलफलका वक्ताहरूले कानुन पीडितको पक्षमा प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए । 

छलफलमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले संयुक्त राष्ट्रसङ्घद्वारा जारी ‘पालेर्मो प्रोटोकल’ का आधारहरू समेटेर पीडितलाई केन्द्रमा राखी सजाय र क्षतिपूर्तिको विषयमा विधेयक संशोधन गरिएको जानकारी दिए ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नकुल पोखरेलले पछिल्लो समय किशोरीका तन्तु निकालेर बेचबिखन गर्ने गिरोह तथा भिजिट भिसाको आडमा हुने तस्करी बढेकाले यसलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको औँल्याए ।

त्यस्तै, माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले आन्तरिक मानव बेचबिखन रोकथामका गि राज्यले नीतिगत कदम चाल्नुपर्ने बताइन् । शक्ति समूहका संस्थापक अध्यक्ष चरिमाया तामाङले पीडितको उद्धारसँगै सामाजिक, आर्थिक र पारिवारिक पुनर्स्थापनामा राज्यको लगानी हुनुपर्ने तथा पटकपटक बकपत्र दिनुपर्ने कानुनी बाध्यात्मक प्रक्रिया हटाउन माग गरिन् ।

राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले पुनस्र्थापना कोषमा बजेट बढाउनुपर्ने बताइन् ।  अन्तरराष्ट्रिय श्रम सङ्गठनकी प्रतिनिधि बिना कुँवर थापाले बेचबिखनको परिभाषालाई महिला र बालबालिकामा मात्र सीमित नगरी बृहत् बनाउनुपर्नेमा जोड दिइन् । युनिसेफ नेपालका बाल संरक्षक अधिकृत रामप्रसाद गौतमले बालबालिकामाथि हुने सबै प्रकारका शोषण अन्त्य गर्ने गरी कानुन संशोधन गर्नुपर्ने सुझाव दिए ।

समिति सभापति आकृति अवस्थीले विधेयकलाई पीडितको पक्षमा थप प्रभावकारी बनाउन सरोकारवालाहरूबाट प्राप्त सुझावहरू महत्त्वपूर्ण हुने बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली कास्कीले जितेको छ ।
हुम्लामा दुई अर्बको लागतमा ३९ किलोमिटर सडक कालोपत्रे गरिने

हुम्लामा दुई अर्बको लागतमा ३९ किलोमिटर सडक कालोपत्रे गरिने

केन्द्र सरकारबाट अहिलेसम्म एक मिटर पनि कालोपत्रे सडक नपाएको हुम्लामा ३९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे हुने भएको छ।
कोप–३३ सम्म जलवायु लक्ष्य कार्यान्वयन गर्न स्टिलले गरे आग्रह

कोप–३३ सम्म जलवायु लक्ष्य कार्यान्वयन गर्न स्टिलले गरे आग्रह

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) का कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी लक्ष्य कार्यान्वयनका लागि आगामी दुई वर्ष निर्णायक हुने बताएका छन्।
डलरदेखि युरो, पाउन्डसम्मको विनिमयदर घट्यो, कुन मुद्रा कति ?

डलरदेखि युरो, पाउन्डसम्मको विनिमयदर घट्यो, कुन मुद्रा कति ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अस्ट्रेलियन डलरलगायत मुद्राको खरिद तथा...