नेभिगेशन
समाज

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

कास्की । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली कास्कीले जितेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न अन्तिम खेलमा स्याङ्जा माथि पाँच विकेटले जित निकाल्दै कास्की च्याम्पियन बन्न सफल भएको हो । 

Marvel
Extreme Energy

गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगितामा कास्कीले चारवटै खेल जित्दै सर्वाधिक आठ अङ्क जोडेर उपाधि चुमेको हो । खेलमा स्याङ्जाले दिएको ८८ रनको लक्ष्य कास्कीले १९ ओभरको दोस्रो बलमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८७ रन बनाएको थियो । सीमाना केसीले सर्वाधिक १६, अरमिना अधिकारीले १४, श्रेया शाहले ११ र सेरिना थापाले नौ रन बनाए । कास्कीकी सीमाना रेग्मी र रिया तामाङले समान दुई/दुई विकेट लिए । 

जितका लागि ८८ रनको  लक्ष्य पछ्याएको कास्कीका लागि रेखा तामाङले अविजित २५ रन बनाउँदै जितको आधार तयार गरिन् । ३२ बलको सामना गरेकी उनले दुई चौका प्रहार गरिन् । चन्द्रमाया बरालले २३, बिनिता सिग्देलले १० र सृजना पौडेलले सात रन जोडिन् ।

स्याङ्जाका भावना भट्टराई, अपेक्षा बुढाथोकी, सलिना सेन र रञ्जना साउदले समान एक विकेट लिए । ब्याटिङ र बलिङ दुवैतर्फ योगदान पुर्‍याएकी कास्कीकी रेखा तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ स्याङ्जाकी सीमाना केसी ‘प्लेयर अफ द सिरिज’ घोषित भइन् । कास्कीकी चन्द्रमाया बरालले उत्कृष्ट ‘ब्याटर’ र स्याङ्जाकी अपेक्षा बुढाथोकीले उत्कृष्ट ‘बलर’को उपाधि प्राप्त गरिन् ।

प्रतियोगितामा गण्डकीका पाँच जिल्लाको सहभागिता रहेको थियो । कास्कीले चार खेलबाट आठ अङ्क जोड्दा स्याङ्जा तीन जित र एक हारसहित छ अङ्कसहित उपविजेता बन्यो । नवलपुरले दुई तथा पर्वतले एक खेलमा जित निकाले । बागलुङ भने प्रतियोगिताका सबै खेलमा पराजित भयो ।

प्रतियोगिताका विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरे ।  गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताबाट आगामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गरिने बताए । 
  
त्यसैगरी मङ्सिर तेस्रो सातादेखि पोखरामा आयोजना हुने ‘पीएम कप’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पनि यसै छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा प्रदेश टोली निर्माण गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हुम्लामा दुई अर्बको लागतमा ३९ किलोमिटर सडक कालोपत्रे गरिने

हुम्लामा दुई अर्बको लागतमा ३९ किलोमिटर सडक कालोपत्रे गरिने

केन्द्र सरकारबाट अहिलेसम्म एक मिटर पनि कालोपत्रे सडक नपाएको हुम्लामा ३९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे हुने भएको छ।
कोप–३३ सम्म जलवायु लक्ष्य कार्यान्वयन गर्न स्टिलले गरे आग्रह

कोप–३३ सम्म जलवायु लक्ष्य कार्यान्वयन गर्न स्टिलले गरे आग्रह

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) का कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी लक्ष्य कार्यान्वयनका लागि आगामी दुई वर्ष निर्णायक हुने बताएका छन्।
डलरदेखि युरो, पाउन्डसम्मको विनिमयदर घट्यो, कुन मुद्रा कति ?

डलरदेखि युरो, पाउन्डसम्मको विनिमयदर घट्यो, कुन मुद्रा कति ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अस्ट्रेलियन डलरलगायत मुद्राको खरिद तथा...
कोपमा २७ करोड डलर जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

कोपमा २७ करोड डलर जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा निकायले जलवायु वित्तका लागि करिब २७ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।