नेभिगेशन
समाज

कोप–३३ सम्म जलवायु लक्ष्य कार्यान्वयन गर्न स्टिलले गरे आग्रह

आगामी दुई वर्ष निर्णायक हुने भनाइ, दोस्रो विश्वव्यापी जलवायु समीक्षा प्रक्रिया सुरु

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) का कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी लक्ष्य कार्यान्वयनका लागि आगामी दुई वर्ष निर्णायक हुने बताएका छन्। उनले कोप–३३ सम्म महत्वाकांक्षी नतिजा हासिल गर्न राजनीतिक सहमति, अन्तर्राष्ट्रिय सहयोग र व्यावहारिक कार्यान्वयनमा जोड दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोप–३१ अन्तर्गत बुधबार दोस्रो विश्वव्यापी जलवायु समीक्षा (ग्लोबल स्टकटक) प्रक्रिया सुरु गर्ने कार्यक्रममा सम्बोधन गर्दै स्टिलले पहिलो विश्वव्यापी समीक्षाबाट भएका सहमति कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताएका हुन्। यूएनएफसीसीसी सचिवालयका अनुसार उनले वैज्ञानिक प्रमाण तथा तथ्यांक संकलन र सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

Marvel
Extreme Energy

पहिलो विश्वव्यापी समीक्षाका निष्कर्ष ९० प्रतिशत पक्ष राष्ट्रले आफ्नो राष्ट्रिय जलवायु योजनामा समावेश गरिसकेको उल्लेख गर्दै स्टिलले अब प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्ने बताएका छन्।

पहिलो समीक्षामा सन् २०३० सम्म विश्वव्यापी नवीकरणीय ऊर्जा क्षमता तीन गुणा बढाउने, ऊर्जा दक्षता दोब्बर बनाउने तथा जीवाश्म इन्धनबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपमा बाहिरिने सहमति भएको थियो। अब ती लक्ष्य हासिल गर्न कार्यान्वयनमा गति दिनुपर्ने उनको भनाइ छ।

जलवायु अनुकूलनका योजना कार्यान्वयन गर्नुका साथै जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि सहयोग विस्तार गर्नुपर्ने उनले बताएका छन्।

तथ्य र प्रमाणमा आधारित समीक्षा

दोस्रो विश्वव्यापी जलवायु समीक्षा प्रभावकारी बनाउन जलवायु विज्ञानका साथै आर्थिक, सामाजिक र विकाससम्बन्धी प्रमाणलाई आधार बनाउनुपर्ने स्टिलले बताएका छन्। लगानी तथा प्रविधिको अवस्था, निजी क्षेत्र, आदिवासी जनजाति, स्थानीय समुदाय र नागरिक समाजका अनुभवसमेत समीक्षामा समेट्नुपर्ने उनको भनाइ छ।

उनले पक्ष राष्ट्र र गैरपक्ष राष्ट्र सबैको सहभागितामा समीक्षा प्रक्रियालाई समावेशी र विश्वव्यापी बनाउन आग्रह गरेका छन्। अहिले सुरु भएको सूचना तथा तथ्यांक संकलनको गुणस्तरले आगामी वर्ष हुने मूल्यांकनको प्रभावकारिता निर्धारण गर्ने उनले बताएका छन्।

‘भूराजनीतिक चुनौती गम्भीर छन्, तर महत्वाकांक्षी नतिजा हासिल गर्न सम्भव छ,’ उनले भने।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रयास वार्ताबाट तयार हुने दस्तावेजमा मात्र सीमित नभई मानिसले सास फेर्ने हावा, जीविकोपार्जन र समुदायको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै स्टिलले यस प्रक्रियामा प्रत्येक व्यक्ति र समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

दोस्रो विश्वव्यापी जलवायु समीक्षा प्रक्रियाले पहिलो समीक्षाबाट तय भएका लक्ष्यको कार्यान्वयन अवस्था, प्रगति, चुनौती र आगामी कार्यदिशाको मूल्यांकन गर्नेछ। कोप–३३ सम्मको अवधिलाई जलवायु प्रतिबद्धता व्यवहारमा उतार्ने महत्वपूर्ण समयका रूपमा हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली कास्कीले जितेको छ ।
हुम्लामा दुई अर्बको लागतमा ३९ किलोमिटर सडक कालोपत्रे गरिने

हुम्लामा दुई अर्बको लागतमा ३९ किलोमिटर सडक कालोपत्रे गरिने

केन्द्र सरकारबाट अहिलेसम्म एक मिटर पनि कालोपत्रे सडक नपाएको हुम्लामा ३९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे हुने भएको छ।
डलरदेखि युरो, पाउन्डसम्मको विनिमयदर घट्यो, कुन मुद्रा कति ?

डलरदेखि युरो, पाउन्डसम्मको विनिमयदर घट्यो, कुन मुद्रा कति ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अस्ट्रेलियन डलरलगायत मुद्राको खरिद तथा...
कोपमा २७ करोड डलर जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

कोपमा २७ करोड डलर जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा निकायले जलवायु वित्तका लागि करिब २७ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।