नेभिगेशन
समाज

एनपिएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पाँच बजे हुने यस निर्णायक खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग फाइनलमा भेट पक्का गर्नेछ ।

Marvel
Extreme Energy

यसअघि मङ्गलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । पहिलो क्वालिफायरमा बेहोरेको हारसँगै सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नुपरेको हो ।

अर्कोतर्फ, इलिमिनेटर खेलमा काठमाडौँ गुर्खाजमाथि फराकिलो अन्तरको सानदार जित निकाल्दै चितवन राइनोजले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । काठमाडौँविरुद्धको सहज जितले चितवनको मनोबल उच्च देखिएको छ ।

फाइनल प्रवेशको अन्तिम अवसर भएकाले दुवै टोलीका लागि यो खेल 'गर या मर' को अवस्थामा छ । आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजयी टोलीले उपाधि भिडन्तका लागि लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल शनिबार हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्मीलाई पराजित गर्दै एपिएफ महिला गोल्डकपको फाइनलमा

आर्मीलाई पराजित गर्दै एपिएफ महिला गोल्डकपको फाइनलमा

नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मानव बेचबिखनसम्बन्धी विधेयकका संशोधनकर्तासँग छलफल गर्दै महिला समिति

मानव बेचबिखनसम्बन्धी विधेयकका संशोधनकर्तासँग छलफल गर्दै महिला समिति

प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दैछ ।
कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली कास्कीले जितेको छ ।
हुम्लामा दुई अर्बको लागतमा ३९ किलोमिटर सडक कालोपत्रे गरिने

हुम्लामा दुई अर्बको लागतमा ३९ किलोमिटर सडक कालोपत्रे गरिने

केन्द्र सरकारबाट अहिलेसम्म एक मिटर पनि कालोपत्रे सडक नपाएको हुम्लामा ३९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे हुने भएको छ।