नेभिगेशन
समाज

निर्वाचन आयोगले गर्‍यो जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त (नामावलीसहित)

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालबाट निर्वाचित १८ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त गरेको छ। आयोगले मङ्सिर ३ गते एक सूचना प्रकाशन गर्दै दल त्याग गरेका कारण ती जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी दिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भई पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भनी सो पार्टीको केन्द्रीय समन्वय समितिको निर्णयसहित आयोगमा जानकारी प्राप्त भएको थियो।

Marvel
Extreme Energy

सोही पत्रका आधारमा आयोगको मङ्सिर २ गते बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) तथा नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरू निर्वाचित भएका पालिका तथा तहको पद स्वतः रिक्त भएको निर्णय गरेको हो। पद रिक्त हुनेमा जिल्ला समन्वय समिति प्रमुख १ जना, नगरपालिका उपप्रमुख १ जना, गाउँपालिका उपाध्यक्ष २ जना, वडा अध्यक्ष ८ जना र अन्य वडा तथा कार्यपालिका सदस्य ६ जना रहेका छन्।

पद रिक्त भएका जनप्रतिनिधिहरूमा सिराहाको लहान नगरपालिका उपप्रमुख राम चरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ वडा अध्यक्ष रमेश कुमार यादव, धनगढीमाई नगरपालिका–७  वडा अध्यक्ष विजय कुमार महतो, पर्साको कालिकामाई गाउँपालिका–१  वडा अध्यक्ष लालबाबु राउत बरै,  कालिकामाई गाउँपालिका–३ वडा अध्यक्ष संजय कुमार पटेल रहेका छन् ।  

यसैगरी जिल्ला समन्वय समिति खोटाङ प्रमुख सन बहादुर राई, केपिलासगढी गाउँपालिका  उपाध्यक्ष गुरु राज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० वडा अध्यक्ष मुगा धन राई, महिला सदस्य कल्पना राई,  वडा दलित महिला सदस्य गीता विक,  वडा सदस्य रामधन राई, वडा सदस्य शहर मनी राई,  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरकार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नाल रहेका छन् । 

भोजपुर  टेम्केमैयुङ गाउँपालिका–२ वडा अध्यक्ष बाल चन्द्र राई, उदयपुर लिम्चुङबुङ गाउँपालिका–४ वडा अध्यक्ष छत्र बहादुर राई, इलाम  माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद कुमार नेम्वाङ्ग, सन्दकपुर गाउँपालिका–४  वडा अध्यक्ष ढाल बहादुर गुरुङ्ग, सुनसरी कोशी गाउँपालिका–६ वडा अध्यक्ष  जुडिलाल कौडगिया रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन, २७ देशबाट ३५० भन्दा बढी विज्ञको सहभागिता

आजदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन, २७ देशबाट ३५० भन्दा बढी विज्ञको सहभागिता

नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि यहाँ सुरु हुँदैछ ।
आर्मीलाई पराजित गर्दै एपिएफ महिला गोल्डकपको फाइनलमा

आर्मीलाई पराजित गर्दै एपिएफ महिला गोल्डकपको फाइनलमा

नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एनपिएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै

एनपिएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुने भएका छन् ।
मानव बेचबिखनसम्बन्धी विधेयकका संशोधनकर्तासँग छलफल गर्दै महिला समिति

मानव बेचबिखनसम्बन्धी विधेयकका संशोधनकर्तासँग छलफल गर्दै महिला समिति

प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दैछ ।