नेभिगेशन
समाज

चिनियाँ राष्ट्रपतिले सम्बोधन गरिरहँदा जब ट्रम्प मञ्चमै निदाए...

एजेन्सी । एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको पूर्ण सत्र (प्लेनरी सेसन) मा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निदाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एपेक शिखर सम्मेलनमा सहभागी हुन अहिले अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको शेन्झेनमा उपस्थित छन् । सम्मेलनमा चिनियाँ राष्ट्रपतिले सम्बोधन गरिरहँदा क्यामेरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनतर्फ सोझिएको थियो।

Marvel
Extreme Energy

सम्बोधनका क्रममा ट्रम्प आँखा चिम्लिएर बसिरहेको अवस्थामा देखिएका थिए भने पुटिनचाहिँ निकै ध्यानपूर्वक केही पढिरहेका थिए । विश्वका शक्तिशाली नेताहरू एकै मञ्चमा रहेको यस सत्रको उक्त दृश्यलाई सञ्चारमाध्यमहरूले निकै चासोका साथ कैद गरेका छन्।

852115fe-ed46-4f72-9c13-a011848843f7.jpg-1795060057.png
आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति सीले मुक्त व्यापार, विविधतायुक्त अर्थतन्त्र र डेटा व्यवस्थापन (डेटा गभर्नेन्स) जस्ता लक्ष्यहरूमा समर्थन जुटाउनुपर्नेमा जोड दिएका छन्।

"चीनको जरा एसिया-प्रशान्त क्षेत्रमा गाडिएको छ र यसले एसिया-प्रशान्त सहयोगलाई निरन्तर समर्थन गरिरहनेछ," सीले भने। सोही उद्देश्यका लागि चीनले २ करोड अमेरिकी डलर (२० मिलियन डलर) खर्च गर्ने घोषणासमेत उनले गरेका छन्।

यसका साथै, चीनले सेन्जेनमा 'एसिया-प्रशान्त अध्ययन केन्द्र' (सेन्टर फर एसिया-प्यासिफिक कम्युनिटी स्टडिज) स्थापना गर्ने जानकारी पनि राष्ट्रपति सीले दिएका छन्।

सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत विश्वका अन्य शीर्ष नेताहरूले सामूहिक तस्बिरसमेत खिचाएका छन्।

ट्रम्पले के भने ?

trump--1795059971.jpg
चिनियाँ राष्ट्रपति पछि बोलेका ट्रम्पले अमेरिका सयौँ वर्षदेखि प्रशान्त क्षेत्रको एक शक्ति रहिआएको बताए। 'हामी यस समग्र क्षेत्रमा विकास, स्थायित्व, सार्वभौमसत्ता, समृद्धि र शान्ति प्रवर्द्धन गर्न निरन्तर काम गरिरहनेछौँ,' उनले भने । चिनियाँ राष्ट्रपति र रुसी राष्ट्रपतिसँगको सम्बन्धबारे चर्चा गर्दै उनले 'हाम्रो सम्बन्ध निकै बलियो रहिआएको छ' भनी उल्लेख गरे। 

सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी अर्थतन्त्रको प्रशंसा गर्दै देश अहिले जति फस्टाएको छ, त्यति पहिले कहिल्यै नभएको दाबी गरे। यस्तै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विषयमा बोल्दै उनले यो लगभग पूर्ण रूपमा राम्रो प्रविधि भएको बताए । उनले एआई उद्योगको विकासमा अवरोध पुर्‍याउन सक्ने खालका कडा नियमहरूको विरोधसमेत गरे। 

पुटिनले के भने ?

putin-1795060018.png
ट्रम्पपछि बोलेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस एसिया-प्रशान्त क्षेत्रको एक अभिन्न अङ्ग भएको बताउँदै यस क्षेत्रका अर्थतन्त्रहरूसँग रचनात्मक साझेदारी चाहेको बताए।

राष्ट्रपति पुटिनले एसिया-प्रशान्त क्षेत्रको विकासमा रुसले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे । सम्बोधनका क्रममा पुटिनले रुस विश्वका लागि सधैँ खुला रहेको र आफ्नो अर्थतन्त्रलाई थप सुदृढ बनाउँदै लगिरहेको बताए। यस क्षेत्रमा ठूलो परिमाणमा अन्नबाली र रासायनिक मल आपूर्ति गरेर रुसले महत्वपूर्ण योगदान दिएको उनले स्मरण गराए।

यसका साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र प्रविधिको क्षेत्रमा रहेको आफ्नो विज्ञता यस क्षेत्रका साझेदार मुलुकहरूसँग बाँड्न रुस तयार रहेको पुटिनले स्पष्ट पारे। सम्बोधनको अन्त्यमा उनले एपेकको अन्तिम संयुक्त विज्ञप्ति (कम्युनिके) प्रति रुसको समर्थन रहेको जानकारीसमेत दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुबिसु, क्लासिक टेक, वेभसर्फरसहित २९ इन्टरनेट सेवा प्रदायकलाई बक्यौता तिर्न १५ दिनको अल्टिमेटम, नतिरे लाइसेन्स खारेज हुने

सुबिसु, क्लासिक टेक, वेभसर्फरसहित २९ इन्टरनेट सेवा प्रदायकलाई बक्यौता तिर्न १५ दिनको अल्टिमेटम, नतिरे लाइसेन्स खारेज हुने

नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि बक्यौता रकम नबुझाउने २९ वटा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई १५ दिनभित्र बक्यौता चुक्ता गर्न अल्टिमेटम दिएको छ।
आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा दैनिक साढे ५ घण्टा बत्ती जाने

आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा दैनिक साढे ५ घण्टा बत्ती जाने

काठमाडौँका विभिन्न क्षेत्रमा आजदेखि दैनिक साढे ५ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ।
निर्वाचन आयोगले गर्‍यो जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त (नामावलीसहित)

निर्वाचन आयोगले गर्‍यो जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त (नामावलीसहित)

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालबाट निर्वाचित १८ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त गरेको छ।
आजदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन, २७ देशबाट ३५० भन्दा बढी विज्ञको सहभागिता

आजदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन, २७ देशबाट ३५० भन्दा बढी विज्ञको सहभागिता

नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि यहाँ सुरु हुँदैछ ।

भर्खरै