नेभिगेशन
समाज

भूमि सुधार मन्त्रीसँग लेखापढी व्यवसायीको छलफल: 'रेट कार्ड र ड्रेस कोड अनिवार्य'

काठमाडौँ । मालपोत तथा नापी कार्यालयमा कडाइ गरिएपछि लेखापढी व्यवसायीसँग भूमि सुधार मन्त्रालयले छलफल गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष सिताराम दाहाल सहितको टोलीसँग छलफल गरेकी हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मालपोत र नापी कार्यालयहरूको सेवा प्रवाहमा समस्या भएको भन्दै भूमि सुधार मन्त्रालयले चैत १८ गते सबै कार्यालयहरूमा अनधिकृत व्यक्ति(बिचौलिया)लाई प्रवेशले निषेध गर्न निर्देशन दिएको थियो । 

Ncell
Extreme Energy

त्यसपछि मालपोत तथा नापीका कार्यालयबाट अनधिकृत व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिने गरेको थियो । 

सो क्रममा मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीका कागजपत्र तयार गर्ने लेखापढी तथा भुसेवा व्यवसायीहरू समेत नियन्त्रणमा परेको भन्दै लेखापढी व्यवसायीहरूले आपत्ति जनाउँदै आएका थिए । 

मन्त्रालयले भने लेखापढी व्यवसायीलाई आफ्नो परिचय खुल्ने परिचयपत्र र छुट्टै ड्रेस कोड लागु गर्न आग्रह गरेको थियो । 

लेखापढी व्यवसायीले भने तत्कालै परिचयपत्र र छुट्टै ड्रेस कोड  लागु गर्न सम्भव नभएको भन्दै आएका थिए । 

 छलफलमा मन्त्री रावलले लेखापढी व्यवसायीलाई हतोत्साहित गर्ने उद्देश्य नभएकाले लेखापढी व्यवसायीलाई व्यवस्थित गराउनका लागि मन्त्रालयले सहजीकरण गर्ने बताइन् । 

तर लेखापढी व्यवसायीले सेवाको रेट कार्ड र पहिचान खुल्ने  ड्रेस  भने तत्कालै कार्यान्वयन गर्नुपर्ने बताइन् ।  साथै मालपोत तथा नापी कार्यालयमा व्यक्तिगत तथा सरकारी संवेदनशील दस्ताबेज रेकर्ड हुने भएकाले लेखापढी व्यवसायीले आफ्नो क्षेत्राधिकार र कार्यालयको गरिमा ख्याल गर्न आग्रह गरिन् । 

एशोसियनका अध्यक्ष दाहालले लेखापढी व्यवसायीलाई सम्बन्धी मालपोत र जिल्ला अदालतले दिने प्रमाणपत्र हुने भए पनि छुट्टै परिचयपत्र भने नभएको बताएका थिए । साथै आफूहरूलाई बिचौलिया करार गरिएकोमा जनमानसमा भ्रम फैलिएको बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’