नेभिगेशन
मुख्य समाचार

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार भएको खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २४० रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले ६८ बलमा सात चौका प्रहार गर्दै ४८ रनको योगदान दिएका हुन् ।

City Express

त्यस्तै कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ४५ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए । यता युएईका लागि ध्रुव पराशर, मुहम्मद जवादुल्लाह र जुनेद सिद्दिकीले समान दुई/दुई विकेट लिए भने जाहिद अलीले एक विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।
कार्तिक पूर्णिमाका दिन कमला नदीमा  स्नान गर्नाले भूत–प्रेत’ हट्ने जनविश्वास(तस्बिरहरु)

कार्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गर्नाले भूत–प्रेत’ हट्ने जनविश्वास(तस्बिरहरु)

धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा ‘भूत–प्रेत’हट्ने विश्वास रहँदै आएको छ । यही विश्वासका कारण विभिन्न जिल्लाका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन् । नदी क्षेत्रको इनर्वा, ब्यारेज,...
नेपाली राजनीतिमा इमान्दारिताको अभाव छ, आफ्नो व्यवहारबाट जनताको मन जित्नुपर्छ : माधव नेपाल

नेपाली राजनीतिमा इमान्दारिताको अभाव छ, आफ्नो व्यवहारबाट जनताको मन जित्नुपर्छ : माधव नेपाल

“आज हामीले एतिहासिक काम सम्पन्न र एतिहासिक सुरुवात गरेको छौँ । यसले सिङ्गो नेपाली राजनीतिमा तरङ्ग पैदा गर्नेछ । नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्नेछ ।”
नेपाली कम्युनिष्ट पार्टीले जनभावनालाई सम्बोधन गर्नेः नेता खनाल

नेपाली कम्युनिष्ट पार्टीले जनभावनालाई सम्बोधन गर्नेः नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले भने, “कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँन चाहन्छौँ, पहिलेको परिस्थितिमा वामपन्थीहरूको...