नेभिगेशन

समाज

९१ करोडमा बनेको आयल निगमको भब्य भवन

सिंहदरबार दक्षिण गेटसँगै ९१ करोडमा नेपाल आयल निगमको अत्याधुनिक र सुविधा सम्पन्न १४ तले कर्पोरेट भवन निमार्ण सकिएको छ । पुरानो भवन २०७२ सालको भूकम्पले चर्किएपछि निगमले पुरानो भवन भत्काएर यो सुविधा सम्पन्न भवन निमार्ण गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निगमका विभिन्न विभाग अहिले यही भवनबाट सेवा दिन थालेका छन् । दुई तला बेसमेन्ट सहित १४ तलाको भवन आधुनिक र सुविधा सम्पन्न ढङ्गले डिजाइन गरिएको छ ।भवनमा २ वटा लिफ्ट रहेका छन् । यसमा फायर फाइटिङ सिस्टम पनि राखिएको छ । हाइराइज बिल्डिङ भएकाले पनि यसमा नेपालको बिल्डिङ कोड अनुसार फायर हाइजिनको सिस्टम अनिवार्य गरिएको छ । 

२०२१ डिसेम्बर ५ निमार्ण सम्झौता भएर २०२४ नोभेम्बर २५ मा सम्म थियो । तर निर्धातिर समयमा नसकिएपछि थपिएको म्याद असार १३ मा सकिएको छ । कम्पनीले अहिले केहि फुटकर काम बाहेक सबै काम सकेको निगमको कर्पोरेट भवन निर्माण आयोजना प्रमुख राम बन्जाराले बताउँछन् । 

यो भवन निर्माण लागत मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ८० करोड ९९ लाख रुपैयाँ हो । १३ प्रतिशत भ्याट थप गर्दा ९१ करोड रुपैयाँ बराबरको लागत पुगेको छ। भवन निर्माणको क्षेत्रफल ९५९५.६५ वर्गमिटर रहेको छ । दुई वटा बेसमेन्टमा ६० बढी गाडी र ७० वटा मोटरसाइकल अटाउन सक्ने क्षमता छ ।

नयाँ भवनमा आयल निगमका ७ वटा विभाग छन् । जसमा आपूर्ति तथा वितरण विभाग, वित्त विभाग, प्रशासनिक विभाग, इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग, गुणस्तर नियन्त्रण विभाग, आन्तरिक नियन्त्रण विभाग, डेटा केन्द्र, एलपीजी उड्डयन विभाग, पुस्तकालय डीएमडी मार्केटिङ रहनेछन् । 

यस्तै भवनमा १ सय जनाभन्दा बढी अटाउने सेमिनार हल र स्टोर रहने गरी डिजाइन गरिएको छ । कंक्रिट फ्रेम संरचनामा निर्माण गरिएको भवन बेसिमेन्टबाट ५२.५ मिटर र जमिन तलाबाट ४५.३५ मिटर उचाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाज
समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

यो मुद्दा सुरु हुन्छ– १० जेठ २०८० देखि । आजभन्दा करिव तीन वर्षअघि, सुरुमा, जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी...
कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार...