नेभिगेशन
मुख्य समाचार

१२६ दिनसम्म घाम देख्न नपाएका कारण रवि लामिछानेको स्वास्थ्यमा समस्या

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारमा रहेका बेला बाहिर निस्कन नपाएका कारण शरीरमा भिटामिन डि को कमी देखिएको छ। हिजो लामिछानेलाई भेट्न पुगेका कार्यवाहक सभापति डिपी अर्यालले उनको स्वास्थ्यमा समस्या देखिएपछि जाँचको लागि कारगार प्रशासनलाई आग्रह गरेका थिए । त्यसपछि ट्रमा सेन्टरका डा. जितेन्द्र प्रसाद यादवको टोलीले उनको जाँच गरेको थियो । 

चिकित्सकको टोलीले लामिछानेको रगत परिक्षणको लागि स्याम्पल पनि लिएको थियो । रगत परीक्षणका क्रममा उनलाई भिटामिन डि को कमी देखिएको हो । 

CG

रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको,  धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ। 

केही कुरामा गम्भीर सावधानी अपनाउन आवस्यक रहेको हुनाले डाक्टर जितेन्द्र प्रसाद यादव लामिछानेलाई भेटेर परामर्श दिन नख्खु कारागार पुगेका छन् । 

शरीरमा भिटामिन ‘डी’ को कमी हुँदा हड्डीको समस्या आउने, रोगसँग लड्ने क्षमता कम हुने, कपाल झर्ने तथा थकाइ लाग्नेजस्ता विभिन्न समस्या देखिने चिकित्सकहरुको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

प्रतिष्ठानका प्रवक्ता प्रा डा अञ्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपतकालीन तथा आपतकालीन स्वास्थ्य सेवा (इएचएस)...
स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको छ । सिंहदरबारस्थित  नेपाली सेनाको नर्सिङ दल गणको खाली...
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...