नेभिगेशन
समाज

१२६ दिनसम्म घाम देख्न नपाएका कारण रवि लामिछानेको स्वास्थ्यमा समस्या

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारमा रहेका बेला बाहिर निस्कन नपाएका कारण शरीरमा भिटामिन डि को कमी देखिएको छ। हिजो लामिछानेलाई भेट्न पुगेका कार्यवाहक सभापति डिपी अर्यालले उनको स्वास्थ्यमा समस्या देखिएपछि जाँचको लागि कारगार प्रशासनलाई आग्रह गरेका थिए । त्यसपछि ट्रमा सेन्टरका डा. जितेन्द्र प्रसाद यादवको टोलीले उनको जाँच गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिकित्सकको टोलीले लामिछानेको रगत परिक्षणको लागि स्याम्पल पनि लिएको थियो । रगत परीक्षणका क्रममा उनलाई भिटामिन डि को कमी देखिएको हो । 

Ncell
Extreme Energy

रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको,  धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ। 

केही कुरामा गम्भीर सावधानी अपनाउन आवस्यक रहेको हुनाले डाक्टर जितेन्द्र प्रसाद यादव लामिछानेलाई भेटेर परामर्श दिन नख्खु कारागार पुगेका छन् । 

शरीरमा भिटामिन ‘डी’ को कमी हुँदा हड्डीको समस्या आउने, रोगसँग लड्ने क्षमता कम हुने, कपाल झर्ने तथा थकाइ लाग्नेजस्ता विभिन्न समस्या देखिने चिकित्सकहरुको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।