नेभिगेशन
समाज

अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

निस्वार्थ प्रेमको अतुलनीय उदाहरण बनेका सिर्जना सुवेदी र विवेक पंगेनीको सम्मानमा बनेको हिन्दी गीत 'तेरी मेरी कहानी'को म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ । अर्जुन कटुवालले निर्माण गरेको म्युजिक भिडियो आइतबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । 
ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको वर्ष दिनको तिथि पारेर गीत रिलिज गरिएको हो । विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरु नेपाल र भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धेरै मन पराएका थिए । बिरामी विवेकलाई सिर्जनाले दिएको प्रेमलाई धेरैले निस्वार्थ प्रेमको उदाहरणका रुपमा लिएका छन् । 

CG

मानव कौलको शब्द रचनामा तयार भएको गीतको संगीत संयोजन गरेका कटुवालले गीतमा स्वर पनि दिएका छन् । गीतमा कटुवालसँगै पम्फा चाम्लिङ र सोनिया उपाध्यायको पनि स्वर रहेको छ । 
चर्चित टिकटकर वर्षा श्रेष्ठ र निमेष श्रेष्ठको मोडलिङ रहेको म्युजिक भिडियो निर्देशन आयुष महर्जनले गरेका हुन् । सिर्जना र विवेकको प्रेमकथाले निस्वार्थ प्रेमको अतुलनीय उदाहरण प्रस्तुत गरेकाले अरुलाई पनि यसले प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो गीत बनाएको निर्माता, संगितकार र गायक कटुवालले बताए । 

'उहाँहरूको प्रेम नेपालमा जस्तै भारतमा पनि चर्चित रहेको कारण मैले हिन्दीमा गीत गरेको हुँ,' अर्जुन भन्छन्, 'भविष्यमा यसलाई नेपालीमा पनि बनाउने सोचिरहेको छु ।'


सिर्जनाले भोगेको दु:ख केही मात्रामा भए पनि दर्शकले महशुस गरुन् भन्ने चाहना रहेको उनले बताए । वरिष्ठ गायक तथा संगीतकार आनन्द कार्कीले गीतको म्युजिक भिडियोले आफ्नो मन छोएको भन्दै प्रशंसा गरे । 
कटुवाल बलिउडमा काम गरिरहेका नेपाली युवा संगितकार हुन् । उनले रिसव सेठ्ठीको चर्चित भारतीय चलचित्र कान्तारा लगायतका चलचित्रमा पनि काम गरिसकेका छन् । यस्तै, हद से, हक हे तेरा लगायत आधा दर्जन हिन्दी गीत पनि दर्शकसामु ल्याइसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।
सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

‘मैले उत्पादन गर्ने, निर्देशन गर्ने दुई वटा कार्यक्रममा ५० जना आश्रित हुनुहुन्छ,’ श्रेष्ठले सिधाकुरासँग भने,‘मैले कर तिरेर सामाजिक सञ्जालको आम्दानी प्रयोग गरिरहेको हुँ । म  र मजस्तै माथि...
प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङ मेरो डान्स युनिभर्सको विजेता

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङ मेरो डान्स युनिभर्सको विजेता

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु...
विजयको बुबाआमा भन्दै उहाँहरूलाई गरिने सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दिनः विजय बराल

विजयको बुबाआमा भन्दै उहाँहरूलाई गरिने सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दिनः विजय बराल

घरेलु बजारको आकार बढाउने उक्त चलचित्रको सफलताको श्रेय अभिनेता बरालले प्राप्त गर्नुका कारण उनको केन्द्रीय भूमिका थियो । उक्त चलचित्रमा अभिनेता बरालले पूर्णबहादुर गन्धर्वको भूमिका निर्वाह गरेका छन्...

भर्खरै