नेभिगेशन

समाज

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।  उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई निवेदन अनुसार पेस गरिएको बिगो बराबरको धरौटीमा रिहा गर्न  आदेश दिएको हाे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । 

रवि लामिछानेका तर्फबाट बहस गर्दै आएका अधिवक्ता डा. नारायाणदत्त कंडेलकाअनुसार अदालतको आदेशका आधारमा अब रवि लामिछाने कारागारमुक्त हुन भने केही प्रक्रिया पुरा हुनुुपर्छ । 

अधिवक्ता कंडेलकाअनुसार अब उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देही पठाउनुपर्छ । उक्त आदेश जिल्ला अदालतले नख्खु कारागार पठाउनु पर्छ । त्यसपछि नख्खुु कारागारले लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पेश गर्नेछ र त्यसपछि लामिछानले रिहा हुनेछन् । 

अदालतले रविसँगै अर्का प्रतिवादी छबिलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । छविको हकमा धरौटी राखेर रिहाई हुन पाउँ भन्ने निवेदन अदालतमा पेश भएको खण्डमा उनलाई रिहा गर्न आदेश दिएको उच्च अदालतले जनाएको छ ।   

रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २०८१ चैत २२ गते पूर्पक्षका लागि कारगार पठाउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका कानुन व्यवसायीले लामिछानेको भागमा पर्ने बिगो बराबरको रकम जमानत राखेर रिहाईको माग गर्दै निवेदन रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । 

बुटवलको सुप्रिम सहकारीको रकम अनियमितता प्रकरणमा रविसहितका प्रतिवादीलाई रु १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बिगो बराबरको रु दुई करोड ७४ लाख ८४ हजारको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । तर साउन २६ गते रुपन्देही अदालतले जमानतामा रिहा गर्न अस्वीकार गर्यो । 

त्यसपछि असोज २३ गते लामिछानेका कानुन व्यवसायी उच्च अदालत गए । सोही प्रक्रियामा थिए अर्का प्रतिवादी छबिलाल जोशी पनि । दुवै जनाको एकै प्रकृतिको निवेदन भएका कारण उच्च अदालतले उनीहरु दुवैजनाको मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो । 

कात्तिक २० गतेको पेशीमा न्यायाधिश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासबाट जिल्ला अदालत रुपन्देहीले जारी गरेको सुरु आदेशलगायत अन्य फाइल मगाउने आदेश भएको थियो ।

कात्तिक २७ गते उच्च अदालत तुलसीपुरको वुटवल इजलासले न्यायाधीशद्धय बाशुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुल मुद्दाको सक्कल मिसिल प्रमाण झिकाउने आदेश गरेको थियो । 
त्यसपछिका पेसी कहिले हेर्न नमिल्ने, कहिले स्थगित हुने लगायत विविध कारणले स्थगित हुँदै आएको थियो ।
 

प्रतिक्रिया दिनुहोस्
थप समाज
साढे २ अर्बका स्वकीय

साढे २ अर्बका स्वकीय

जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड

नरभक्षी ध्रुवे

नरभक्षी ध्रुवे

पूर्वी तराईका झापा, मोरङ, सुनसरीदेखि सप्तरीसम्मको भूभाग हात्तीको पुस्तैनी बाटो हो, जसलाई ‘इलिफेन्ट करिडोर’ पनि भनिन्छ। भारतको आसाम, मेघालयदेखि कोशी टप्पुसम्म हात्तीको बथान यही करिडोर हुँदै विचरण गर्छन्।...