नेभिगेशन
समाज

रास्वपा सभापति रवि लामिछाने र डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । सभापति लामिछानेको निजी निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । 

सभापति लामिछानेसँग संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने बारेमा छलफल भएको गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश रहेको र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक रहेको समेत गोरले जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै गोरले नयाँ सरकारसँग नजिकबाट काम गर्न तत्पर रहेको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने बारेमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग भेट्न पाउँदा खुशी लाग्यो । नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन्। हामी नजिकबाट काम गर्न तत्पर छौं।’ 

Ncell
Extreme Energy

गोर बिहीबार नेपाल आइपुगेका थिए । उनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।