नेभिगेशन
समाज

रास्वपाले प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने पहिले नै तय गरिसकेको छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बिषयमा संसदमा आवाज उठाउने भएको छ । 

बुधबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारले ल्याएको अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पार्टीको गम्भीर असहमति रहेकाले संसद बैठकमा यसबारे गम्भीर रुपमा आवाज उठाउन निर्देशन दिइएको पार्टी सभापति गगन थापाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदमार्फत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ल्याइएको विषयलाई सच्चाउनका लागि सरकारलाई दवाव दिन कांग्रेस सांसदहरुले आवश्यक भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

Ncell
Extreme Energy

सभापति थापाले संवैधानिक निकायहरूमा सरकार प्रमुखको एकलौटी नियन्त्रण राख्नका लागि सरकारले अध्यादेश ल्याएको आरोप समेत लगाए । उनले प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने पहिले नै तय भइएसकेको भन्दै आफ्नो खल्तीबाट झिकेको नामलाई पारित गराउन जालझेलपूर्ण रुपमा कानून बनाइएको तर्क गरे । 

सभापति थापाले वर्तमान सरकारलाई प्राप्त जनादेशलाई सम्मान गर्ने सवैको जिम्मेवारी भएकाले संविधानको सीमाभित्र रहेर गरेका काममा कांग्रेसले कुनै अवरोध नपुराउने उल्लेख गरे । तर संविधानबिपरितको काममा सरकार अघि बढे सशक्त खवरदारी गर्ने उनको भनाइ छ ।

उनले पछिल्ला निर्णय हेर्दा वर्तमान सरकार ठूलो भ्रममा रहेको जस्तो देखिएको टिप्पणी गरे । 

त्यस्तै सभापति थापाले  भूमिहीन दलित र सुकुमवासीको पहिचान गरि उचित व्यवस्थापन गर्नुपर्नेमा डोजर आतंक मच्चाइएको भन्दै आपत्ति जनाए । उनले नागरिकप्रतिको कर्तव्यलाई नभुल्न समेत सरकारलाई सुझाव दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्राकृतिक मौसमी प्रणाली 'एल निनो'ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ ।
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।
महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले चुनावी परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्राप्त जनमतलाई विश्वास र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिने बताएका छन्।

भर्खरै