नेभिगेशन
समाज

३ दिने मौसम पूर्वानुमान क्षमतालाई विस्तार गरी ७ दिनसम्मको पूर्वानुमान गर्न सक्ने बनाइने

काठमाडौँ। मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका छन् । 

त्यस क्रममा मन्त्री श्रेष्ठले आजको मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, तीनदिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढी सम्बन्धी पूर्वसूचना प्रणालीबारे विभागका प्राविधिक तथा अधिकारीहरूसँग विस्तृत छलफल गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै चालू आर्थिक वर्षका कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे पनि छलफल भएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले आगामी दिनमा विभागलाई थप प्रविधिमैत्री बनाउँदै हालको तीनदिने पूर्वानुमान क्षमतालाई विस्तार गरी सात दिनसम्मको पूर्वानुमान गर्न सक्ने बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताए । उनले मनसुन सुरु हुने समय नजिकिँदै गएको उल्लेख गर्दै सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म पुग्ने बनाउन निर्देशनसमेत दिए । 

Ncell
Extreme Energy

उनले विभागलाई मौसमको अध्ययन केन्द्र बनाउनुपर्ने र त्यहाँबाट प्राप्त सूचना र तथ्यांकलाई सरकारी निकाय र अन्य सेवाप्रदायकले लाभ उठाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले सीमित स्रोत साधन र जनशक्तिका बाबजुद निरन्तर रूपमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रवाहमा खटिएका प्राविधिक र कर्मचारीहरूको कामप्रति धन्यवाद दिँदै कर्मचारीलाई प्रोत्सहानका कार्यक्रम ल्याउने समेत बताए ।

उक्त कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी र विभागका महानिर्देशक डा.अर्चना श्रेष्ठले विभागका वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली र बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे जानकारी गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्राकृतिक मौसमी प्रणाली 'एल निनो'ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ ।
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।
महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले चुनावी परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्राप्त जनमतलाई विश्वास र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिने बताएका छन्।

भर्खरै