नेभिगेशन
समाज

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र ‘डिजिटल मिडिया’को बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्।

गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यमप्रति नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए। उनले सरकारी संस्थानहरुलाई समयानुकूल ढङ्गले थप व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक रहेको उल्लेख गर्दै संस्थानको हितका लागि कर्मचारीलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न निर्देशन दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो समयदेखि बल्झिएका समस्या मात्र औँल्याएर नहुने भन्दै उनले कर्मचारीहरुमा समाधानमुखी सोच र कार्यशैली आवश्यक रहेको बताए। गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको  उनले बताए। देशको विविधता र भाषिक सम्पदाले देशलाई समृद्ध बनाएको भन्दै त्यसको संरक्षण, प्रयोग र अपनत्वलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

Ncell
Extreme Energy

मन्त्री तिमिल्सिनाले गोरखापत्रको लामो इतिहास स्मरण गर्दै समयसँगै पत्रकारिताको शैली, प्रविधि र कार्यप्रणालीमा व्यापक परिवर्तन आएको बताए। गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा कसरी फरक, प्रभावकारी र विश्वसनीय बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता उनले औँल्याएका थिए।

उनले कर्मचारीहरुलाई निर्देशन दिँदै भने, “आज भनेको भोलिको इतिहास हो । आज गरेका असल कामले नै भविष्यको मार्गनिर्देश गर्छ । तपाईहरु यो संस्थालाई गर्व गर्न लायक बनाउने गरी काम गर्नुहोस्”। “हामी नागरिकले तिरेको करबाट तलब लिने र सरकारी अनुदानबाट सञ्चालन हुने संस्था हौँ । त्यसैले नागरिकको हितमा काम गर्नु हाम्रो प्रमुख दायित्व हो ।” उनले भने।

सञ्चारमन्त्री तिमिल्सिनाले गोरखापत्रद्वारा बिहीबार देखि प्रकाशन सुरु भएको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति पनि अनावरण  गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पाँचौँ अधिवेशनका नाममा व्यापारीहरूसँग चन्दा असुल्न थालेको छ ।
रोल्पा पहिरोमा ७ जनाको मृत्यु भएपछि रास्वपाले सरकारको ध्यानाकर्षण गरायो

रोल्पा पहिरोमा ७ जनाको मृत्यु भएपछि रास्वपाले सरकारको ध्यानाकर्षण गरायो

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार र खोजी...
रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, ८  जना अझै बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, ८ जना अझै बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। पहिरोमा परी ८ जना बेपत्ता भएका छन् भने दुई जना...
राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका कानुनी कारबाही र पक्राउको प्रयासप्रति प्रश्न उठाउँदै पूर्वराजा ज्ञानेन्द्रले समेत आफूलाई जेलमा राख्न नसकेको भन्दै ‘राजा ज्ञानेन्द्रले सकेन, अरूले सक्छ यहाँ?’...