नेभिगेशन
समाज

१६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन पहल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाई भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अहिले १३ देशसंगमात्रै द्विपक्षीय श्रम सम्झौता भएपनि १७८ देशमा नेपाली श्रमिकहरु रहेको उल्लेख गरे । मन्त्री यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्ने प्रयास भइरहेको बताए । श्रमका लागि बिभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेको उनले बताए । 

Ncell
Extreme Energy

मन्त्री यादवले बिभिन्न देशमा महिला घरेलु श्रमिकहरु गैरकानूनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केहि गर्न नसकेको उल्लेख गरे । उनले पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकहरुको शव ल्याउन केहि ढिलाइ भएको भन्दै अव भने ढिलाई नहुने स्पष्ट पारे । 

मन्त्री यादवले स्थानीय तहमा नै रोजगारी सिर्जना गर्नका लागि मन्त्रालय योजनाका साथ अघि बढिरहेको धारणा राखे । बैठकमा समिति सदस्यहरुले बैदेशीक रोजगारमा जाने नेपालीहरुलाई ठगिनबाट रोक्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका थिए । बैठकमा समिति सभापति रहबर अन्सारीले मन्त्री यादवलाई समितिको यसअघिको निर्देशन तथा सुझावहरु हस्तान्तरण गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

श्रेष्ठ बुधबार ललितपुरबाट पक्राउ परेका थिए । वैयत्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल हिँडिरहेका स्थानीय ७० वर्षीय शंखर प्रसाद कुइँकेललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा...
नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पाँचौँ अधिवेशनका नाममा व्यापारीहरूसँग चन्दा असुल्न थालेको छ ।