नेभिगेशन
समाज

उपत्यकाको खोला किनाराका नागरिकलाई सुरक्षित बनाइएको हो, अन्त डराउनुपर्दैनः भूमिमन्त्री रावल

काठमाडौँ । काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान र व्यवस्थापनपछि मात्रै देशभरका भूमिहिन, सुकुम्वासी र अव्यवस्थीत बस्ती हटाइने बताएकी छिन् । 

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री रावलले उपत्यकामा बाढीको जोखिमबाट जोगाउनका नागरिकलाई सुरक्षित राख्न तटीय क्षेत्रका बस्ती हटाइएको भन्दै अन्य स्थानमा भने पहिचान र व्यवस्थापनपछि मात्रै काम अघि बढ्ने बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘देशभर डोजर आतंक भनेर अतिरञ्जित गरिएको छ । केन्द्रबाट गएका पत्रलाई अपब्याख्या गरेर जनतालाई त्रसित बनाउने काम गरिएको छ । यो सरकारले सबै कुरा नोटिसमा राखेको छ ।’ मन्त्री रावलले भनिन्, ‘कोही पीडित पनि आत्तिनुपर्दैन । परिपत्रमै छ–पहिचान, व्यवस्थापन । त्यसपछि मात्रै अरु प्रक्रिया अगाडि बढ्छ । यसमा केही पीडित डराउनु पर्दैन तर पीडितको आडमा बसेर खेल्नेहरु माथिचाहीँ सरकार निर्मम हुन्छ ।’ 

Ncell
Extreme Energy

उपत्यकामा नागरिकलाई सुरक्षीत राख्न गरिएको कदमलाई देशैभर डोजर आतंक भन्दै अतिरञ्जीत गर्ने काम भएको उनको भनाइ छ । मन्त्री रावलले संघीय सरकारको परिपत्रबाट कोहि पनि आतिनुपर्ने अवस्था नरहेको धारणा राखिन् । वास्तविक पीडितको व्यवस्थापन राज्यले गर्ने भन्दै उनले नक्कली पीडितप्रति भने राज्य निर्मम भएर अघि बढ्ने उनको भनाइ छ ।

त्यस्तै मन्त्री रावलले यसअघि बनेका भूमि आयोग राजनीतिक भर्ति केन्द्रजस्तो मात्रै भएकाले अव वास्तविक पीडितहरुको समस्या समाधान गर्ने गरि समिति बनाइने उल्लेख गरिन् । 

उनले सहकारीमा देखिएको समस्या समाधानका लागि सरकारले ऋण असुली, बचत फिर्ता र सहकारीहरूको नियमनलाई प्राथमिकतामा राखेको जाकारी दिइन् । मन्त्री रावलले सहकारी समस्या समाधान राज्य कोषको रकमबाट नभइ ऋण असुली गरेर नै बचतकर्ताको रकम फिर्ता गरिने स्पष्ट पारिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्राकृतिक मौसमी प्रणाली 'एल निनो'ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ ।
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।
महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले चुनावी परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्राप्त जनमतलाई विश्वास र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिने बताएका छन्।

भर्खरै