नेभिगेशन
समाज

सहकारी समस्या समाधानमा मन्त्री रावलका तीन प्राथमिकताः कर्जा असुली, बचत फिर्ता र नियमन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी पीडितको वचत रकम फिर्ता गर्दा राज्यकोषबाट रकम नजाने स्पष्ट पारेकी छिन् । 

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री रावलले सहकारीको ऋण असुलीमार्फत बचतकर्ताको रकम फिर्ता गरिने बताएकी हुन् । उनले सहकारी ऋणीहरूलाई ऋण फिर्ता गर्नको लागि सार्वजनिक सूचना समेत जारी गरिसकिएको समिति बैठकमा जानकारी गराइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामीले १५ दिने सूचना समेत जारी गर्यौं । सोहीअहनुसार नाम सार्वजनिक गर्दै जान्छौँ । हामीले नाम सार्वजनिक गरिसकेपछि पनि ठूला ठूला ऋणी हाम्रो सम्पर्कमा आउनुभएको छ । त्यसकारण सहकारी समस्या समाधान हामी राज्य कोषको रकम अथवा करबाट गर्न लागेका होइनौँ यसमा तपाईंहरू क्न्फ्युज नहुनुहोला । ऋण असुली गरेर नै तिर्ने हो । हामी यसमा कमिटेड छौँ । यसरी नै लागिरहेका छौँ ।’ मन्त्री रावलले भनिन् । 

Ncell
Extreme Energy

उनले सरकारको पहिलो प्राथमिकता भनेको ऋण असुली, दोस्रो बचतकर्ताको रकम फिर्ता र तेस्रो  नियमन भएको बताइन् । उनले बचतकर्ताको रकम फिर्ताका लागि बजेट पहिले नै विनियोजन भइसकेको र वर्तमान सरकारले निकासा मात्रै गरेको स्पष्ट पारिन् । 

त्यस्तै सहकारीहरूको नियमनलाई कडाइ गर्न अध्यादेशमार्फत केही कानुन थपघट गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।
महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले चुनावी परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्राप्त जनमतलाई विश्वास र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिने बताएका छन्।
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुँदै

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुँदै

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमिति सदस्यका लागि मतगणना हुँदैछ ।